News Category 2082/10/23
जिल्लामा आचारसंहिताको गम्भीर उल्लंघन भइरहेको छ ः नेवि संघ
दैनिक समाचारदाता
राजविराज, २३ माघ ।
नेपाल विद्यार्थी संघ सप्तरीले जिल्लामा निर्वाचन आचारसंहिताको गम्भीर उल्लंघन भइरहेको भन्दै शुक्रबार प्रमुख निर्वाचन कार्यालयमा ध्यानाकर्षण पत्र बुझाएको छ ।
नेवि संघका जिल्ला अध्यक्ष राकेश ठाकुरको नेतृत्वमा गएको एक टोलीले ध्यानाकर्षणपत्र बुझाएको हो ।
निर्वाचनलाई स्वच्त्र, निष्पक्ष र धाँधलीरहित वातावरणमा सम्पन्न गराउने उद्देश्यका साथ ध्यानाकर्षणपत्र बुझाइएको संघका अध्यक्ष ठाकुरले बुझाएको ध्यानाकर्षणपत्रमा उल्लेख छ ।
जिल्लाका विभिन्न स्थानहरुमा विशेष गरी जनमत पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वया), जसपा, स्वाभिमान पार्टी लगायतका दलहरुबाट आचारसंहिता विपरीत गतिविधिहरु भइरहेको, व्यानर र झण्डाको दुरुपयोग, सार्वजनिक स्थल तथा विद्युतको पोल एवं निजी घरहरुमा तोकिएको मापदण्ड विपरीतका ठूला व्यानर र झण्डाहरुको व्यापक प्रयोग भइरहेको ध्यानाकर्षण पत्रमा दाबी गरिएको छ ।
यस्तै प्रचार–प्रसारका नाममा ठूला–ठूला साउन्ड सिस्टम, माइक लगायतको प्रयोगले ध्वनि प्रदूषण भइरहेको तथा त्यसले जनजीवन प्रभावित पारेको पत्रमा उल्लेख छ ।
आचारसहिता पालना गर्न गराउन समिति सक्रिय
नेविसंघले ध्यानाकर्षणपत्र बुझाए लगत्तै अनुगमनमा निस्केको निर्वाचन अनुगमन टोलीले राजविराजस्थित गजेन्द्र चौकमा बसमा भुण्ड्याइएको उज्यालो नेपाल पार्टीको ब्यानर ब्यानर प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलले आफै निकालेका छन् । यस्तै सोही स्थानामा एक स्कारपियोबाट जसपा नेपालको झण्डा र ब्यानर समेत हटाउन लगाइएको छ । सोही स्थानबाट निर्वाचन अनुगमन टोलीले एक गाडीबाट रास्वपाको झण्डा समेत हटाउन लगाएको छ ।
यता निर्वाचन आयोगले फागुन ४ गतेदेखी १८ गतेसम्मका लागि खुल्ला रुपमा प्रचार प्रसारका साथै झण्डा, तुल, पर्चा, पम्प्लेट बितरण तथा टास गर्न भनेको छ । तर अहिले जिल्लामा व्यापक रुपमा आचारसहिताको उलंघन भइरहेकोको गुनासो आएपछि अनुगमन समितिले आचारसहिता पालना गर्न गराउन सक्रियताका साथ लागेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/23 हुलाकमार्फत राहदानी बुझिलिने सम्बन्धमा प्रशासन कार्यालय र हुलाकबीच समझदारी
- 2083/01/23 मविव क्याम्पसमा पहिलो पटक आइसीटि तालिम सुरु
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ