News Category 2082/10/23
निर्वाचनबाट सहि नेतृत्व र सहि ब्यक्ती चयन हुनुपर्छ ः अध्यक्ष घिसिङ
दैनिक समाचारदाता
राजविराज, २३ माघ ।
उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सहि व्यक्ति नेतृत्वमा आए मात्रै देशलाई सहि ट्रयाकमा ल्याउन सकिने बताएका छन् ।
उनले देशलाई सहि ट्रयाकमा ल्याउन आउँदो निर्वाचनबाट सहि नेतृत्व र सहि ब्यक्ती चयन हुनु जरुरी रहेको बताए ।
चुनावी प्रचारप्रसार तथा कार्यकर्ता संग भेटघाट गर्ने क्रममा शुक्रबार सप्तरीको राजविराज आईपुगेका उनले पत्रकार सम्मेलनको आयोजना गरी यस्तो बताएका हुन ।
उज्यालो नेपाल पार्टीका जिल्लाका चारवटै निर्वाचन क्षेत्रमा प्रतिनिधीसभा सदस्यका उम्मेदवारसहित पत्रकार सम्मेलनमा उपस्थित भएका उनले देश भित्र धेरै थोक भएपनि त्यसको उचित प्रयोग हुन नसक्दा मुलुक समृद्धिकोबाटोमा जान नसकेको जिकिर गरे ।
“श्रोत, साधन र पुंजीको सहि प्रयोग तथा नयाँ प्रविधीमा अभ्यस्त हुन नसक्दा पनी देश पछाडी परेको छ” उनले भने ।
उनले मुलुकको विकासका लागि १० वर्षे योजना समेत सार्वजनिक गरे । नेपालमा उज्यालो बनाउनका लागी विद्युतको विकास संगै अन्य पूर्वाधारको विकास, शिक्षा र स्वास्थ्यको गुणस्तर बढोत्तरी, भ्रष्टाचार मुक्त न्यायिक समाजको विकास जरुरी रहेको र त्यसका लागी काम गर्ने भन्दै राजनीतिक क्षेत्रमा सहि ब्यक्तीको चयन भएमात्र त्यो सम्भव हुने बताए ।
जेनजी आन्दोलनले उठाएका जायज माग आफ्नो पार्टीले सम्बोधन गर्ने प्रतिवद्धता जनाउँदै उनले राष्ट्रिय परिवर्तन पार्टी संग तालमेल गरी चुनावी मैदानमा होमिएको जानकारी दिए । उनले मुलुकले चाहेको नयाँ शक्ती आफुहरु नै भएको दाबी गरे । जनताले देशमा एउटा नयाँ शक्तीशाली पार्टी गठन होस भनेर चाहेको छ, उनले भने–त्यो नयाँ शक्ती र पार्टी हामी हौं, बाकि सबै पुराना हुन ।”
उनले जनताको भावना अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीसंग सहकार्य गर्ने इमान्दार प्रयास भएपनि हाम्रो सदासयतालाई कमजोरी ठान्दा तालमेल हुन नसकेको स्पष्ट पारे ।
“रास्वपा संग भएको सहमती कार्यान्वयन होला भनेर १२ दिन सम्म प्रतिक्षा ग¥यौं, तर कार्यान्वयन हुन नसक्दा सहकार्य हुन सकेन” उनले भने ।
पत्रकार सम्मेलनमा राष्ट्रिय प्रजातन्त्र पार्टी सप्तरीका पूर्व अध्यक्ष गुजाई दास सो पार्टी परित्याग गरी उज्यालो नेपाल पार्टीमा प्रवेश गरेका थिए । उनलाई फुलमाला र दोसल्ला ओढाई अध्यक्ष घिसिङले स्वागत गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/23 हुलाकमार्फत राहदानी बुझिलिने सम्बन्धमा प्रशासन कार्यालय र हुलाकबीच समझदारी
- 2083/01/23 मविव क्याम्पसमा पहिलो पटक आइसीटि तालिम सुरु
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ