News Category 2082/10/26
जागिर छाडेर चुनावी मैदान
दैनिक समाचारदाता
राजविराज, २६ माघ ।
फागुन २१ मा हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सप्तरी क्षेत्र नं. ३ मा नेपाल जनता पार्टीका तर्फबाट डा. सन्तोष कुमार चमन जागिर छोडेर उम्मेदवारी दिएका छन् ।
विष्णुपुर गाउँपालिका निवासी डा. चमन जिल्लाको सुरुङ्गा नगरपालिकास्थित जनता मावि सिसवारीमा ६ बर्षदेखि शिक्षक पेशामा जागिर गर्दै आएका थिए भने त्यो संगै उनी महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस राजविराजमा पनि १६ बर्ष देखि आंशिक शिक्षकको रुपमा अध्यापन पेशामा लागेका थिए । चुनाव लड्नकौ लागि शिक्षण पेशाबाट राजिनामा दिएर उनी चुनावी मैदानमा होमिएका हुन् ।
लेकतान्त्रिक व्यवस्थामा देशको सबै प्रणाली नै राजनीतिबाट चल्ने हुँदा आफुले सप्तरीको क्षेत्र नं. ३ बाट उम्मेदवारी दिएको उनले बताए । पछिल्लो केही बर्ष यता अधिकांश शिक्षित बुद्धिजिवीहरु राजनीतिबाट टाढा बस्ने परिपाटीले समग्र राजनीतिक क्षेत्र नै तनावग्रत बन्दै गएको अवस्थालाई हेरेर आफु शिक्षण पेशा छाडेर राजनीतिमा होमिएको उनको भनाई छ ।
उच्चस्तरका शिक्षा हाँसिल गरेका व्यक्तिहरु राजनीतिमा लागे मात्रै शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा परिवर्तन आउने उनको विश्वास छ ।
चुनावी प्रतिष्पर्धामा उत्रेका डा. चमन भन्छन्, “जिल्ला विकासको मामिलामा निकै पछाडी परेको छ, शिक्षाको अवस्था पनि निकै नाजुक छ, स्वास्थ्यको अवस्था पनि कसैसामु लुकेको छैन् । यी अवस्थाहरुलाई परिवर्तनका लागि उम्मेदवारी दिएको हुँ ।”
यस्तै जिल्लाको क्षेत्र नं. २ बाट नेपाल बिद्युत प्राधिकरणको प्रबन्धक पदबाट राजिनामा दिएर कुलमान घिसिङ नेतृत्वको उज्यालो पार्टी नेपालबाट ५२ वर्षिय डा. दिपक चौधरी पनि चुनावी मैदानमा छन् । उनले पनि शिक्षित, बुद्धिजिवी, इमान्दार र नैतिकवान व्यक्तिहरुको राजनीतिमा उपस्थिति कमजोर भएकै कारण आफुले जागिर छाडेर उम्मेदवारी दिएको बताए ।
त्यस्तै क्षेत्र नं. ४ बाट सरकारी जागिर गरेर आएका रास्वपाका उम्मेदवार सिताराम साहले जागिरपछि अव जनताको सेवा गर्ने उद्देश्यले उम्मेदवारी दिएको जनाए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/23 हुलाकमार्फत राहदानी बुझिलिने सम्बन्धमा प्रशासन कार्यालय र हुलाकबीच समझदारी
- 2083/01/23 मविव क्याम्पसमा पहिलो पटक आइसीटि तालिम सुरु
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ