News Category 2082/11/01
कारागारको सुरक्षामा खटिए नेपाली सेना, ६९ जना कैदीबन्दीले मतदान गर्न पाउने
दैनिक समाचारदाता
राजविराज, १ फागुन ।
फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै कारागार कार्यालय सप्तरीको सुरक्षा नेपाली सेनाले सम्हालेको छ ।
राजविराज नगरपालिका वडा नं. ७ स्थित रहेको जिल्ला कारागार कार्यालयको सुरक्षा नेपाली सेनाले सम्हालेको हो ।
राजविराजस्थित बरख गणका सहायक सेनानी मिलन यौन्जनको कमाण्डमा २२ जनाको सैनिक टोली कारागारको सुरक्षामा खटिएको प्रमुख सेनानी सोभित बहादुर चन्दले जानकारी दिए ।
उनले निर्वाचन अवधि सम्मका लागि केन्द्रकै नीति अनुसार कारागार सुरक्षामा सेना खटिएको बताए । सुरक्षा व्यवस्था थप सुदृढ बनाउने उद्देश्यले कारागारमा नेपाली सेनालाई डियुटी हस्तान्तरण गरिएको कारागार प्रशासनले जनाएको छ ।
केही दिनअघि मात्र सो कारागारका कैदीबन्दीका साथबाट प्रतिबन्धित लागुऔषध गाजा र मोबाइल फेला परेको थियो । यसअघि गत भदौं २५ गते जेनजी आन्दोलनका क्रममा कारागारबाट कैदीबन्दीहरु फरार समेत भएका थिए । कारागारका भवन अतिजिर्ण अवस्थामा पुगेको छ । जसकारण पनि कारागार सुरक्षाको दृष्टिकोणले अतिसंवेदनशिल छ ।
यता कारागारमा अघिल्लो निर्वाचनको तुलनामा बन्दी अवस्थामा रहेका मतदाताको संख्या यसपटक झण्डै डेढ गुणाले बढी छ । बि.स.२०७९ सालको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा ४७ जना कैदी बन्दीले मतदान गरेका थिए भने यसपटक ६९ जना कैदीबन्दीको नाम मतदाता सुचीमा रहेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख रमेश कुमार जोशीले जानकारी दिए ।
उनले मताधिकार प्राप्त गर्ने कैदीबन्दीका लागि कारागारमा एउटा अस्थायी मतदान केन्द्र स्थापना गरिने तथा मतदाता नामाबलीमा समेटिएका कैदीबन्दीले समानुपातिकतर्फ मात्र मतदान गर्न पाउने व्यवस्था रहेको बताए ।
कारागारमा हाल क र ख गरी दुई ब्लकमा कुल ३ सय ७६ कैदी बन्दी छन् । जसमध्ये ७ जना भारतीय नागरिक छन् ।
कुल ४ लाख ४६ हजार ४ सय २ मतदाता रहेको जिल्लामा २ सय ९६ मतदान स्थल र ५ सय ६२ मतदानकेन्द्र कायम गरिएको छ । जसमध्ये २ सय ९ मतदान स्थल अतिसंवेदनशिल र ८३ स्थल संवेदनशिल तथा ४ वटा मतदान स्थल मात्र सामान्य सूची रहेका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/23 हुलाकमार्फत राहदानी बुझिलिने सम्बन्धमा प्रशासन कार्यालय र हुलाकबीच समझदारी
- 2083/01/23 मविव क्याम्पसमा पहिलो पटक आइसीटि तालिम सुरु
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ