News Category 2082/11/03
उज्यालो नेपालका उम्मेदवारले सार्वजनिक गरे घोषणापत्र
दैनिक समाचारदाता
राजविराज, ३ फागुन ।
उज्यालो नेपाल पार्टीका उम्मेदवार डा. दिपक चौधरीले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ ।
निर्वाचन नजिकिदै जाँदा विभिन्नदलका तथा स्वतन्त्र उम्मेदवारले आ–आफ्नो घोषणापत्र सार्वजनिक गर्ने क्रममा सप्तरी निर्वाचन क्षेत्र नम्बर २ सप्तरीबाट उम्मेदवारी दिएका चौधरीले चुनावी घोषणापत्र सार्वजनिक गरेका हुन् ।
आइतबार राजविराजमा पत्रकार सम्मेलनको आयोजना गरी उनले पार्टीको घोषणापत्र संगै स्थानियस्तरका थप मुद्दाहरु समेटेर घोषणापत्र सार्वजनिक गरेका छन् ।
सार्वजनिक गरिएको घोषणापत्रमा फत्तेपुर स्थित त्रियुगा खोलामा बाँध बाँधेर ५ देखि ७ मेगावाट सम्म विजुली निकाल्ने कार्यलाई उनले प्राथमिकतामा राखिएको छ ।
नेपाल विद्युत प्राधिकरणको प्रवन्धक पदबाट राजिनामा दिएर राजनीतिमा होमिएका डा. चौधरीले घोषणापत्रमा किसानलाई निशुल्क विजुली, विपन्न बालबालिकालाई निशुल्क शिक्षा र स्वास्थ्य, राजविराज स्थित गजेन्द्रनारायण सिंह अस्पताल र रुपनी ५ स्थित गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रमा सुधार, संघीय संरचनालाई थप बलियो बनाउने, नागरिकको घरसम्म सम्म विद्युत विस्तार गरी उज्यालो बनाउने, भ्रष्टाचारको अन्त्य गरी सुशासन कायम गर्ने, राजविराजलाई स्थानिय कला संस्कृती संग जोडेर पर्यटकीय नगरको रुपमा विकास गर्ने उल्लेख गरेको छ ।
यस्तै क्षेत्रभित्रका सबै पालिकामा विकास निर्माण कार्यलाई गति प्रदान गर्ने, जिर्ण सडक खण्डको स्तरोन्नती गर्ने, कृषिलाई आधुनिकीकरण गरी उत्पादकत्वमुखी बनाउने, राजविराज नगरपालिका स्थापनाकाल देखि नै बसोबास गर्दै आएका तथा अझै लालपुर्जा पाउन नसकेकाहरुलाई लालपुर्जा दिलाउन आवश्यक पहल गर्ने, जेनजी युवाहरुको उज्जवल भविष्यका लागि आवश्यक कार्य योजना बनाउने लगायतका बिषयलाई समेत उनले आफ्नो घोषणापत्रमा समेटेका छन् ।
राजविराज नगरपालिका वडा नम्बर १३ घर भएका डा. चौधरी नेतृत्व विकास विषयमा विद्यावारिधि गर्नुका साथै हालै नेपाल विद्युत प्राधिकरणको जागिर छाडेर निर्वाचनमा होमिएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/23 हुलाकमार्फत राहदानी बुझिलिने सम्बन्धमा प्रशासन कार्यालय र हुलाकबीच समझदारी
- 2083/01/23 मविव क्याम्पसमा पहिलो पटक आइसीटि तालिम सुरु
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ