News Category 2082/11/03
शिव मन्दिरहरुमा दर्शनार्थीहरुको घुईचो
दैनिक समाचारदाता
राजविराज, ३ फागुन ।
महाशिवरात्रीको अवसरमा आईतबार सप्तरी सदरमुकाम राजविराजस्थित हरिनन्देश्वर महादेव मन्दिरसहित जिल्लाको विभिन्न स्थानमा रहेका शिवमन्दिरहरुमा दर्शनार्थीहरुको घुईचो लागेको छ ।
जिल्लाको शम्भुनाथ, अंकुरी महादेव, लालेश्वर नाथ, भुतनाथ लगायतका शिवालयहरुमा विहानै देखि पुजाका लागि आउने भक्तजनको घुईंचो लागेको थियो । इच्छित मनोकामना पुरा भएपछि भाकल गरेका कतिपय श्रद्धालु भक्तजन सडकमा घिस्रिदै, त कतिपय नाचगान गर्दै शिवालय पुगेका हुन् ।
शिवरात्रीलाई अवसरमा सप्तकोशी नदी तथा अन्य जलासयबाट काँवरमा पवित्र जल बोकेर पैदलयात्रा गरी आएका सयौं काँबरियाले बोलबमको नारा लगाउँदै भगवान शिवलाई जल अर्पण गरेका छन् ।
हरिनन्देश्वर महादेव मन्दिरका मुल पुजारी महेश्वर भारतीले सप्तकोशी तथा अन्य विभिन्न जलाशयबाट पवित्र जल ल्याएर एक हजार भन्दा बढी भक्तजनले भगवान शिवलाई जल अर्पण गरेको बताए ।
फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका कतिपय उम्मेदवारहरु पनि एका बिहानै विशेष पुजापाठमा संलग्न भई आशिर्वाद ग्रहण गर्न आएको उनको भनाई छ । उम्मेदवारहरुले परिवारिक सुख शान्तिका साथै निर्वाचनमा विजयीको आशिर्वाद थाप्ने गरेको मुल पुजारी भारतीले बताए ।
राजविराजस्थित हरिनन्देश्वर शिवमन्दिर परिसरमा सुरक्षादेखि अन्य आवश्यक बन्दोबस्तको व्यवस्था गरिएका कारण भक्तजनलाई पुजा गर्न सहज भएको स्थानियबासी भक्तजनहरुले बताएका छन् । मन्दिर परिसरमा राजविराज जेसिज, विश्व हिन्दु युवा संघ तथा हिन्दु सम्राट सेना लगायतका संघ संस्थाले पञ्चामृत, दुघ, बेलपत्र, जल लगायतका पुजा सामग्रीको प्रबन्ध निशुल्क मिलाएकाले पुजापाठ सहज भएको थियो ।
महाशिवरात्रीकै अवसरमा ब्रह्माकुमारी राजयोग सेवा केन्द्र राजविराले झण्डोतोलन तथा झाँकी प्रदर्शन गरेको छ । झाँकीमा भक्तजनहरुको उल्लेख्य सहभागिता रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/23 हुलाकमार्फत राहदानी बुझिलिने सम्बन्धमा प्रशासन कार्यालय र हुलाकबीच समझदारी
- 2083/01/23 मविव क्याम्पसमा पहिलो पटक आइसीटि तालिम सुरु
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ