News Category 2082/11/12
समाजसेवी दुगडको मृत्युपछि झिकियो आँखाको नानी
दैनिक समाचारदाता
राजविराज, ११ फागुन ।
राजविराज नगरपालिका वडा नं. ७ निवासी ७६ बर्षीय रुपचन्द दुगडको आँखा उनको मृत्युपछि सोमबार अस्पतालले लगेको छ ।
आईतबार राति मृत्यु भएको दुगड पहिल्यै नै आँखा दानको घोषणा गरेका थिए । राजविराजका एक प्रतिष्ठित ब्यापारी तथा पूर्व खेलाडीको रुपमा चिनिएका उनको मृत्युपछि सोमवार अस्पतालले बुझि लगेको छ ।
दुगडको स्वास प्रस्वासमा समस्या भएर निधन भएपछि सिरहाको लहान स्थित चौधरी आँखा अस्पतालबाट डा.श्रवण कुमार मण्डल नेतृत्वको आएको टोली सोमवार उनकै
घरमा पुगेर दुगडको मृत शरिरबाट दुबै आँखाको नानी (कोर्निया) झिकि लिएर गएको परिवारजनले जनाएको छ ।
मृत्युपछि आँखा दान गर्ने दुगडको इच्छा अनुसार आँखा दान गर्न श्रीमती गणपती देवी, छोरा पारस, प्रमोद, छोरी प्रतिक्षा, नाती लोकेन्द्र, हिमान्शु लगायत सबै परिवारजनले लिखित सहमती दिएपछि घर आँगन मै मृत शरिरबाट छोटो शल्यक्रियाको माध्यमले आँखाको नानी झिकिएको डा.मण्डलले बताएका छन् ।
उनले दुगडको शरिरबाछ झिकिएको आँखाको नानी कोर्नीया अन्तराष्ट्रिय टिस्यु बैंकको प्रक्रिया अपनाई प्रत्यारोपण, थेरापी, मेडिकल अनुसन्धान र अध्यन अध्यापनमा प्रयोग गरिने डा. मण्डलले बताए ।
नागरिक समाज सप्तरीका अध्यक्ष थानसिह भन्साली, तेरापन्थ यूवक परिषदका संयोजक मनिष दुगड, तेरापन्थ सभाका अध्यक्ष प्रदिप तातेड,समाजसेवी सुभाष भन्साली लगायतले मृतक दुगडको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जली अर्पण गरेका थिए ।
एकताका कबडीका कुशल खेलाडी समेत रहेका दुगड त्यति बेलाको सगरमाथा अञ्चलको तर्फबाट विभन्न ठाउँमा प्रतिस्पर्धामा सहभागी भई उत्कृष्ट प्रर्दशन गरेको खेलकुद पत्रकार मञ्च सप्तरीका अध्यक्ष मनोज कुमार माझीले जानकारी दिए । दुगडको सामबार नै धार्मिक परम्परा अनुसार अन्त्येष्टि गरिएको परिवारजनले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/23 हुलाकमार्फत राहदानी बुझिलिने सम्बन्धमा प्रशासन कार्यालय र हुलाकबीच समझदारी
- 2083/01/23 मविव क्याम्पसमा पहिलो पटक आइसीटि तालिम सुरु
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ