News Category 2082/11/12
दिदी घर जान्छु भन्दै हिडेका युवा पोखरीमा मृत फेला
दैनिक समाचारदाता
राजविराज, १२, फागुन ।
सप्तरीको राजविराज नगरपालिकामा मंगलबार एक युवा पोखरीमा मृत अवस्थामा फेला परेका छन् ।
नगरपालिकाको वडा नं. ६ निवासी १८ बर्षीय अंगद कुमार मेहतर सोही वडा स्थित तुरन्ती पोखरीमा मृत अवस्थामा फेला परेका हुन् ।
दुईदिन अघि भारतको विहार राज्य अन्तर्गत भिमनगर दिदी कहाँ जान्छु भन्दै उनी घरबाट निस्केको थिए ।
विहान ६ बजेतिर तुरन्ती पोखरीमा तैरीरहेको अवस्थामा स्थानियले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरिक्षक प्रमोद साहको नेतृत्वमा पुगेको प्रहरी टोलीले गोताखोरको मद्दतबाट शव बाहिर निकालेको थियो ।
शव पोष्टमार्टमका लागि गजेन्द्रनाराण सिंह अस्पताल पठाएर थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक डम्बर बहादुर पुरीले जानकारी दिए ।
उनका अनुसार मृतक मेहतर छाडेरोगबाट पीडित रहेको बुझिएको छ । दिसा पिसाव गर्न निस्केका बेला चिप्लिएर उनी पोखरीमा डुबेको हुन सक्ने स्थानियको अनुमान छ । चारबर्ष अघि उनको आमाको पनि निधन भएको थियो र हाल उनका बुवा शंकर एक अपराधिक घट्नामा संलग्न भएको आरोपमा राजविराज कारागारमा बन्दी जिवन बिताइरहेका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/23 हुलाकमार्फत राहदानी बुझिलिने सम्बन्धमा प्रशासन कार्यालय र हुलाकबीच समझदारी
- 2083/01/23 मविव क्याम्पसमा पहिलो पटक आइसीटि तालिम सुरु
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ