News Category 2082/11/13
निर्वाचन सुरक्षा प्रदानसँगै मानवीय सेवामा नेपाली सेना सक्रिय
दैनिक समाचारदाता
राजविराज, १३ फागुन ।
सप्तरी जिल्ला निर्वाचन क्षेत्र नं. १ अन्तरगत हनुमाननगर कंकालीनी नगरपालिका वडा नं. १३ गोबरगाडास्थित अत्ति संवेदनशिल र भारतिया सिमा जोडिएको एकान्त निर्वाचन स्थलमा सुरक्षा व्यवस्थापनलाई उच्च प्राथमिकता राख्दै बरख गणले नियमित एरिया डोमिनेशन पट्रोल र सुरक्षा निगरानी बढाएको छ ।
बरख गणसँगै शसस्त्र प्रहरी बल नेपाल तथा नेपाल प्रहरीको समन्वयमा संयुक्त पट्रोल योजना गरी सुरक्षा प्रत्याभुतिको लागी गतिविधि बढाएको हो ।
यसैबीच फागुन १३ गते उक्त मतदान स्थलमा सुरक्षा प्रदान गर्न नेपाली सेना बरख गणको पट्रोलिङ्ग टोलीले एक स्थानिय बालिकालाई खुट्टाकाटि घाईते अवस्थामा भेटिदा उद्धार गरि आफ्नो बेशमा ल्याई प्राथामिक उपचार गरी उनका परिवारलाई बुझाएको बरख गणका गणपति सोभित बहादुर चन्दले जानकारी दिए ।
उक्त मानविय कार्यले नेपाली सेनाको नागरिक संबन्धमा थप सुदृढ हुने अपेक्षासंगै हुन लागेको प्रतिनिधि सभा सदस्य निर्वाचन सुरक्षामा जनमासप्रती अझ सुरक्षा प्रत्याभुतीको स्थानियले महशुस गरेको उनको भनाई छ ।
उक्त मतदान स्थल÷क्षेत्रमा पट्रोलिङ्गको दौरान चारै तर्फ कोशी नदिको चपेटाले घेरिएको बाटोघाटोको सुविधा नभएकोले धेरै मतदाताहरु निर्वाचनको दिन उपस्थितीमा कमि हुने आशंका गरिएको छ ।
छिमेकी मुलुक भारतसँग सिमा जोडिएकोले गर्दा उक्त निर्वाचनको समयमा जोखिमपूर्ण हुने आकलन गरिएको छ भने दुई स्थानमा डुङ्गाको सहायता लिएर मतपत्र ढुवानीमा गर्नु पर्ने देखिएकोले अवस्था अझ चुनौती पुर्ण रहेको स्थानिय मतदाता राम अवतार सदाले बताए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/23 हुलाकमार्फत राहदानी बुझिलिने सम्बन्धमा प्रशासन कार्यालय र हुलाकबीच समझदारी
- 2083/01/23 मविव क्याम्पसमा पहिलो पटक आइसीटि तालिम सुरु
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ