News Category 2082/11/15
रास्वपाद्वारा करार पत्रमार्फत १२ लाख नयाँ रोजगारी सम्मको वाचा
दैनिक समाचारदाता
राजविराज, १५ फागुन ।
आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागी सप्तरीको क्षेत्र नं. ३ बाट रास्वपाका प्रत्यक्ष तर्फका उम्मेदवार रहेका डा. अमरकान्त चौधरीले १७ बुंदे करार पत्र सार्वजनिक गरेका छन ।
विभिन्न राजनीतिक दल धमाधम घोषणा पत्र, प्रतिबद्धता पत्र र संकल्प पत्र सार्वजनिक गर्ने क्रम चलिरहेको बेला उनले पत्रकार सम्मेलनमा करार पत्रमार्फत आफ्नो योजनाहरु सार्वजनिक गरेका हुन् ।
डा. चौधरीले सार्वजनिक गरेको करार पत्रमा अगामी ५ वर्षमा १२ लाख नयाँ रोजगारी सृजना गर्ने देखी प्रतिब्यक्ती आय ३ हजार डलर पु¥याउने सम्मको प्रतिबद्धता ब्यक्त गरेका छन् ।
कुल गार्हस्थ उत्पादन १ सय अरब डलर पु¥याउने, जन्मदेखी मृत्युसम्म एकिकृत समाजिक सुरक्षाको ग्यारेन्टी गर्ने, सिचाईका लागी विद्युतीय सेवा तथा शिक्षाका लागी छात्रवृतिको व्यवस्था गर्ने उनले करारपत्र मार्फत प्रतिबद्धता जनाएका छन ।
त्यस्तै ३० हजार किलो मिटर राष्ट्रिय राजमार्ग निर्माण गर्ने, विदेशमा वस्ने नेपालीलाई अनलाइन मताधिकारको व्यवस्था गर्ने, स्वास्थ विमा निशुल्क तथा कृषि र किसानका लागी आवश्यक्त सेवा सुविधा बृद्धि गर्ने लगायतका प्रतिबद्धता पनि करार पत्रमा समेटिएको छ ।
सुशासन, समृद्धि र समाजिक न्यायमा केन्द्रित रहेर सार्वजनिक गरिएको करार पत्रमा संविधान, शासन प्रणाली, भ्रष्टाचार विरुद्ध सुन्य सहनशिलता कायम गरी अर्थतन्त्रलाई उत्पादनमुखी बनाउदै रोजगारी विस्तार गर्ने स्पष्ट रोडम्याप प्रस्तुत गरिएको छ ।
सो अवसरमा उनले जनतासंग आफुहरुले ५ वर्षको समय माग गरेको र चुनाव जिते पहिलो प्राथमिक्ता यस क्षेत्रको जनताको काम र क्षेत्रको समग्र विकास हुने उल्लेख गरे ।
रास्वपाका तर्फबाट समानुपातिकतर्फ उम्मेदवार रहेकी डा. अंकिता ठाकुरले जनता भ्रष्टाचार मुक्त र सुशासनयुक्त नेपाल चाहेको भन्दै यसका लागी परिर्वतन आवश्यक भएको बताइन ।
एक लाख ११ हजार ८ सय ७१ मतदाता रहेको यस क्षेत्रमा उनीसंगै जसपा नेपालका अध्यक्ष समेत रहेका उपेन्द्र यादव, नेपाली काँग्रेसका दिनेश कुमार यादव, नेकपा एमालेका ताराकान्त चौधरी, नेकपाका अरुणकुमार साह, जनमतका सुरेन्द्र मधेशी मुख्य प्रतिस्पर्धामा देखिएका छन ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/23 हुलाकमार्फत राहदानी बुझिलिने सम्बन्धमा प्रशासन कार्यालय र हुलाकबीच समझदारी
- 2083/01/23 मविव क्याम्पसमा पहिलो पटक आइसीटि तालिम सुरु
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ