News Category 2082/11/16
निर्वाचनलाई लक्षित गर्दै एकै समयमा एकसाथ नेपाली सेनाद्वारा सुरक्षा अभ्यास
दैनिक समाचारदाता
राजविराज, १६ फागुन ।
फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै सप्तरी जिल्लाका २ सय ९६ वटै मतदान स्थलमा एकै समयमा एकसाथ नेपाली सेनाले सुरक्षा अभ्यास गरेको छ ।
नेपाली सेना अन्तर्गत बरखगणले शनिबार पैदल, सवारीसाधन, मोटरसाइकल तथा बख्तरबन्दसहित स्थलगत गस्ती सहित शनिबार सुरक्षा अभ्यास गरेको हो ।
निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउने उद्देश्यले सम्भावित जोखिम, अघिल्ला निर्वाचनका अनुभव तथा संवेदनशील क्षेत्रको विश्लेषणका आधारमा विशेष सुरक्षा योजना कार्यान्वयन गरिएको राजविराजस्थित बरखगणका गणपति प्रमुख सेनानी सोभित बहादुर चन्दले जानकारी दिए ।
संवेदनशील र अति संवेदनशील मतदान स्थलहरुमा अतिरिक्त सुरक्षाकर्मी परिचालन, नियमित गस्ती, आकस्मिक चेकजाँच तथा २४ सै घण्टा सुरक्षा निगरानी व्यवस्था कडा पारिएको उनले बताए ।
नेपाली सेनाका अनुसार मतदानस्थल वरपर कुनै पनि अवाञ्छित गतिविधि हुन नदिन उच्च सतर्कता अपनाइएको छ ।
सुरक्षाकर्मीहरु निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्दै आवश्यक सहयोग र समन्वयमा खटिने बताइएको छ । निर्वाचन प्रक्रियामा अवरोध पु¥याउन सक्ने व्यक्ति तथा समूहमाथि निगरानी बढाउन अत्याधुनिक प्रविधिको प्रयोग, गस्ती तथा फ्ल्याग मार्चमार्फत सम्भावित भाग्ने मार्ग र शंकास्पद स्थानहरुको पहिचान गरिएको बरखगणले जनाएको छ ।
सैनिक–नागरिक सम्बन्ध विस्तार गर्दै मतदान स्थल वरपरका स्थानीय बासिन्दासँग सहकार्य गरी अवाञ्छित घटना गर्ने सक्ने व्यक्तिको पहिचान तथा प्रचलित कानुन अनुसार कारबाही गर्ने रणनीति अपनाइएको जनाइएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/23 हुलाकमार्फत राहदानी बुझिलिने सम्बन्धमा प्रशासन कार्यालय र हुलाकबीच समझदारी
- 2083/01/23 मविव क्याम्पसमा पहिलो पटक आइसीटि तालिम सुरु
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ