News Category 2082/11/18
सेनाद्वारा जिल्लाभर संयुक्त गस्ती सुरु
दैनिक समाचारदाता
राजविराज, १८ फागुन ।
प्रतिनिधि सभा सदस्य निर्वाचन शान्तिपूर्ण, निष्पक्ष तथा भयरहित वातावरणमा सम्पन्न गर्न नेपाली सेनाको बरखगणले आइतवार साँझदेखि सप्तरी जिल्लाभर संयुक्त गस्ती सुरु गरेको छ ।
नेपाली सेनाले हाई–मोबिलिटी तथा लाईट ट्याक्टिकल भेहिकल, अत्याधुनिक प्रविधियुक्त साधन, बख्तरबन्द सवारीसाधन र अतिरिक्त सुरक्षाकर्मी परिचालन गरी जिल्लाका २ सय ९६ मतदान स्थललाई लक्षित गर्दै गस्ती थालेको हो ।
यस जिल्लामा रहेका २ सय ९ अति संवेदनशील, ८३ संवेदनशील र ४ सामान्य मतदानस्थलको २४ सौं घण्टा निगरानी, नियमित पेट्रोलिङ, मतदान स्थलको अवस्थाको मूल्यांकन तथा सम्भावित अवाञ्छित गतिविधि रोकथाम गर्ने उद्देश्यले गस्ती थालिएको राजविराजस्थित बरखगणका गणपति प्रमुख सेनानी सोवित वहादुर चन्दले जानकारी दिए ।
यसले जिल्लाका आम नागरिकलाई शान्ति सुरक्षाको प्रत्याभूति दिलाउनुका साथै सुरक्षा संयन्त्रबीचको समन्वयलाई थप प्रभावकारी बनाउने उनले बताए । शान्तिपूर्ण र भयरहित निर्वाचन सम्पन्न गराउन निर्वाचन अवधिभर सुरक्षा व्यवस्थालाई उच्च प्राथमिकतामा राखिने बरखगणले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/23 हुलाकमार्फत राहदानी बुझिलिने सम्बन्धमा प्रशासन कार्यालय र हुलाकबीच समझदारी
- 2083/01/23 मविव क्याम्पसमा पहिलो पटक आइसीटि तालिम सुरु
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ