News Category 2082/11/25
अस्पतालमा आगलागी, लाखौं मुल्य बराबरको स्वास्थ्य उपकरण जले
दैनिक समाचारदाता
राजविराज, २५ फागुन ।
राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा सोमबार बिहान ११ बजेतिर विद्युत सर्ट भई आगलागी भएको छ । सो आगलागिमा लाखौं मुल्य बराबरको स्वास्थ्य उपकरण तथा अन्य सामानहरु जलेर नष्ट भएको छ ।
अस्पतालको डेन्टल ओपिडी वार्डबाट सुरु भएको आगलागी तत्काल नियन्त्रणको उपाय हुन नसक्दा छेउमै रहेको रेकर्ड कोठामा समेत फैलिएको थियो । आगलागीबाट डेन्टल र रेकर्ड विभागमा रहेको करिब २४ लाख मुल्य बराबरको सरसामान जलेर नष्ट भएको प्रहरीले जनाएको छ । आगो विद्युतीय गतिमा फैलिएपछि विरामी र आफन्तमा भागाभाग मच्चिएको थियो ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. अवधेश मिश्राका अनुसार उक्त दुवै विभागका गरी ३ वडा डेन्टल मेशिन, २ वटा कम्प्रेसर मेशिन, ३ वटा डेन्टल चेयर, १ वटा फ्रिज, ७ वटा पंखा, टेबुल, कुर्सी र अन्य उपकरण गरी २४ लाख बराबरको सम्पति जलेर खरानी भएको छ ।
घट्नाको खवर पाए लगत्तै नेपाली सेना बरख गणको दमकल तथा मधेस प्रदेश प्रहरी तालिम केन्द्र राजविराजबाट आएको दमकलको सहयोगमा नेपाली सेना र नेपाल प्रहरीको संयुक्त टोलीले बिहान ११ः५० बजेतिर आगो नियन्त्रणमा लिएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/23 हुलाकमार्फत राहदानी बुझिलिने सम्बन्धमा प्रशासन कार्यालय र हुलाकबीच समझदारी
- 2083/01/23 मविव क्याम्पसमा पहिलो पटक आइसीटि तालिम सुरु
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ