News Category 2082/11/25
सप्तरीमा १ सय २ मध्ये ८९ उम्मेदवारको जमानत जफत, १३ जना उम्मेदवारले मात्र जमानत जोगाउन सफल
दैनिक समाचारदाता
राजविराज, २५ फागुन ।
सप्तरीमा प्रतिनीधीसभा सदस्य पदका १ सय २ उम्मेदवार मध्ये ८९ जना उम्मेदवारको जमानत जफत भएको छ ।
जिल्लाका चार वटै क्षेत्रका गरी ८९ उम्मेदवारको जमानत जफत भएको हो भने १३ जनाले मात्रै जमानत जोगाएका छन । जिल्लाको ४ वटै क्षेत्रमा रास्वपाका उम्मेदवार भारी मतले विजयी भएका छन ।
क्षेत्र नं. १ मा रास्वपा, स्वभिमान र एमाले बाहेक सबै १८ जना उम्मेदवारको जमानत जफत भएको छ । यस क्षेत्रबाट उम्मेदवार रहेका नेपाली काँग्रेस सप्तरीका सभापति रामदेव साह चौथो तथा जनमत पार्टीका नेता डा. जयकान्त राउत पाचौं स्थानमा रहदा उनीहरुको समेत जमानत जफत भएको छ ।
क्षेत्र नं. २ मा रास्वपा, जसपा नेपाल र जनमत बाहेक सबै ३१ जना उम्मेदवारको जमानत जफत भएको छ । यस क्षेत्रबाट उम्मेदवार रहेका नेपाली काँग्रेस सप्तरीका उपसभापति रामकुमार यादवको पनि जमानत जफत भएको छ ।
यस्तै क्षेत्र नं. ३ मा रास्वपा, जसपा नेपाल, काँग्रेस र एमाले बाहेक सबै १८ जना उम्मेदवारले जमानत गुमाएका छन ।
यसैगरि क्षेत्र नं. ४ मा रास्वपा, काँग्रेस र जसपा नेपाल बाहेक सबै २२ जना उम्मेदवारको जमानत जफत भएको छ ।
निर्वाचन निर्देशिका अनुसार कुल सदर मतको १० प्रतिशत ल्याएको उम्मेदवारको जमानत मात्रै जोगिने व्यवस्था छ । जिल्लाको चार वटै क्षेत्रमा खसेको मध्ये कुल २ लाख ९१ हजार १ सय ७७ मत सदर भएको थियो । त्यसको १० प्रतिशत मत ल्याउन नसक्दा ८९ जनाले जमानत गुमाएका हुन ।
जिल्लामा तीन वटा राजनीतिक दलका अध्यक्ष, एक महामन्त्री, एक पूर्वमुख्यमन्त्री र तीन पूर्वमन्त्रीलाई नराम्ररी पराजयको पीडा भोग्नु परेको छ ।
यसरी पराजय भोग्नेहरुमा सप्तरीको क्षेत्र नंं २ बाट उम्मेदवार रहेका जनमतका अध्यक्ष डा. सिके राउत, जनाधिकार पार्टीका अध्यक्ष डा.शरद सिह यादव, नेपाल जनता पार्टीका महामन्त्री रञ्जु ठाकुर, मधेश प्रदेशका पूर्व मुख्यमन्त्री सतिश कुमार सिंह, पूर्वमन्त्री उमेश प्रसाद यादव, पूर्वमन्त्री अनिस अन्सारी छन ।
यस्तै क्षेत्र नंं ३ मा उम्मेदवार रहेका जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव तथा क्षेत्र नं. ४ मा काँग्रेस उम्मेदवार एवं पूर्वमन्त्री तेजुलाल चौधरी पनि फराकिलो मतान्तरले पराजित भएका छन ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/23 हुलाकमार्फत राहदानी बुझिलिने सम्बन्धमा प्रशासन कार्यालय र हुलाकबीच समझदारी
- 2083/01/23 मविव क्याम्पसमा पहिलो पटक आइसीटि तालिम सुरु
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ