News Category 2082/12/01

श्रोत नखुलेको रकमसहित एक पक्राउ

दैनिक समाचारदाता

श्रोत नखुलेको रकमसहित एक पक्राउ

दैनिक समाचारदाता
राजविराज, १ चैत ।

    श्रोत नखुलेको रकमसहित सशस्त्र प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको राजगढ गाउँपालिका ४ बेल्ही चपेना बस्ने ४७ वर्षिय रामचन्द्र साह छन् । 
    साइकल चढेर भारतबाट नेपालतर्फ आउँदै गरेका साहलाई सशस्त्र प्रहरीका सहायक निरीक्षक डिकेन्द्र ओली नेतृत्वको गस्ती टोलीले शंका लागि चेक जाँच गर्दा स्रोत नखुलेका ४ लाख १३ हजार रुपैयाँ बरामद गरेको हो ।
    भारतीय सिमासँग जोडिएको उक्त पालिकाको वडा नं. २ अंधरामन्ठ बनैनियाँ सडक खण्डमा चेक जाँचको क्रममा उक्त परिमाणको रकम बरामद भएको सशस्त्र प्रहरीबल नं. ६ गण हेडक्वाटर सप्तरीका प्रहरी उपरीक्षक रोशन बुढाथोकीले जानकारी दिए । 
    बरामद नोटहरुमा एक हजार दरका दुइ सय ३२, पाँच सयका ३ सय ६२, एकसय र पचासका एक÷एक, २० का दुई तथा १० एक थान रहेको प्रहरीले जनाएको छ । 
    श्रोत नखुलेको रकम र साईकल सहित पक्रउ परेका साहलाई थप कानुनी प्रक्रियाका लागि तिलाठी कोइलाडीस्थित राजविराज भन्सार कार्यालय चलान गरिएको सशस्त्र प्रहरी बल गण नं. ६ हेड क्वाटर सप्तरीले जनाएको छ ।
    दुईदिन अघि पक्राउ परेका उनी उपर अनुसन्धान सकिएपछि आईतबार घटना विवरण सार्वजनिक गरिएको हो । पक्राउ परेका साह हुण्डी कारोवारीमा संलग्न रहेको अनुमान गरिएको छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट