News Category 2082/12/02
उद्घाटन भएको दश महिना वित्न लाग्दा पनि बस पार्क अझै संचालनमा आएन
दैनिक समाचारदाता
राजविराज, २ चैत ।
उद्घाट्न भएको दश महिना वित्न लाग्दा पनि राजविराज बस पार्क अझै सञ्चालनमा आउन सकेको छैन् ।
राजविराज वडा नं. २ राजदेवी चौकस्थित नवनिर्मित बसपार्कको १० महिना अघि राजविराजका कार्यवाहक नगरप्रमुख इसरत परवीनले उद्घाट्न गरेकी थिइन् । तर, बसपार्क सञ्चालनमा आउन नसक्दा राजविराजको मेनरोडमै जथाभावी रुपमा सार्वजनिक यातायातका साधन पार्किङ गर्ने र त्यहीबाट आवत जावत गर्ने क्रम बढ्दै गएको छ ।
नेपाल सरकारको सघन शहरी तथा भवन निर्माण आयोजना सप्तरी मार्फत १५ करोड ६० लाख रुपैयाँको लागतमा १९ हजार ६ सय भन्दा बढी वर्ग किलोमिटरमा पैmलिएको आधुनिक सुविधा सम्पन्न बसपार्क निर्माण भएको हो ।
सो बसपार्कमा सोधपुछ कक्ष, टिकट काउन्टर, सर्भिस सेन्टर, बैंक ब्रान्च, प्रतिक्षालय, शौचालय, रेस्टुरेन्ट, मिनिमार्केट, सभाहल, प्रहरी बीट लगायतका संरचना निर्माण गरिएको छ ।
बसपार्क सञ्चालनकै लागि नगरपालिकाले कार्यविधि बनाएर तीन पटक टेण्डर निकालेको तर, कसैले पनि टेण्डर नभर्दा अहिले सम्म बसपार्क सञ्चालनमा नआएको राजविराज नगरपालिकाका कार्यवाहक नगर प्रमुख परवीनले जानकारी दिइन् ।
उनले यातायात व्यवसायीको असहयोगले पनि यस्तो अवस्था आएको उल्लेख गर्दै छिट्टै बसपार्क सञ्चालनमा ल्याउने तर्फ काम अघि बढिरहेको बताइन् ।
बि.स. २०४४ सालमा तत्कालिन प्रधानमन्त्री मरिचमानसिह, दोश्रो पटक २०४६ सालमा तत्कालिन अञ्चलाधिश सुर्य वहादुर सेन ओली र तेश्रो पटक २०५२ सालमा तत्कालिन प्रधानमन्त्री शेर बहादुर देउवाले सो बस पार्कको शिलान्यास गरेका थिए । तर, निर्माण काम अगाडी बढ्न सकेको थिएनन् ।
चौथो पटक बि.स. २०७४ सालमा शहरी विकास मन्त्रालयका सचिव दिपेन्द्र नाथ शर्मा र राजविराज नगरपालिकाका तत्कालिन नगर प्रमुख शम्भु प्रसाद यादवले संयु्क्त रुपमा बसर्पाकको शिलान्यास गरेपछि निर्माण कार्य शुरु भएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/23 हुलाकमार्फत राहदानी बुझिलिने सम्बन्धमा प्रशासन कार्यालय र हुलाकबीच समझदारी
- 2083/01/23 मविव क्याम्पसमा पहिलो पटक आइसीटि तालिम सुरु
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ