News Category 2082/12/08
दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
दैनिक समाचारदाता
राजविराज, ८ चैत ।
दुई महिना देखी वेपत्ता सप्तरीकी एक नाबालिकाको एकाएक सामाजिक संजालमार्फत आइतबार भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला मचिएको छ ।
परिवारजन, आफन्त तथा प्रहरीले उनको खोजतलास गरिरहेकै वेला यसरी सामाजिक संजालमा देखिएको भिडियोले घट्नामा नयाँ मोड आएको छ ।
सार्वजनिक भएको भिडियोमा रुदै गरेकी ती नाबालिकालाई केही महिला र पुरुषले हात समाएको र एक जना युवाले सिउँदोमा जबरजस्ती सिन्दुर हालेको दृश्य देखिएको छ ।
टिकटकमा देखिएको स्थान ग्रामिण क्षेत्रको भएपनि स्थान पहिचान हुन भने बाकि रहेको प्रहरीको भनाई छ । नाबालिकालाई जबरजस्ती सिन्दुर हाल्ने ब्यक्तीको भने पहिचान खुलेको छ । नाबालिकाका बुबाले आईतवार जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालय सप्तरीमा दिएको किटानी जाहेरीमा छोरीलाई जबरजस्ती सिन्दुर हाल्ने ब्यक्ती अशोक मण्डल रहेको उल्लेख गरेका छन । उनी जिल्लाको डाक्नेश्वरी नगरपालिकाका बासिन्दा हुन ।
यस अघि नाबालिकाका बुबाले २०८२ माघ ८ गते छोरी वेपत्ता भएको भन्दै प्रहरीमा निवेदन दिएका थिए । छोरीले बोक्ने गरेको मोइवाइल सोही दिनदेखी स्विच अफ भएको जानकारी गराउँदै उनले हुलिया सहित खोजतलाशका लागी प्रहरीमा निवेदन दिएका थिए ।
त्यति बेला पनि उनले निवेदनमा शंकास्पद ब्यक्तीको रुपमा अशोक मण्डलकै नाम उल्लेख गरेका थिए । समाजिक सञ्चालमा पछिल्लो पटक देखिएको युवा अशोक नै रहेको गाउँलेहरुले समेत बताएका छन ।
प्रहरी नायब उपरिक्षक डम्बर बहादुर पुरीले घटनाको सूक्ष्म अनुसन्धानका साथै प्राप्त हुलिया विवरणको आधारमा खोजी कार्य तिब्र बनाईएको जनाएका छन । उनले सार्वजनिक भएको भिडियोको पनि अनुसन्धान भईरहेको जानकारी दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/23 हुलाकमार्फत राहदानी बुझिलिने सम्बन्धमा प्रशासन कार्यालय र हुलाकबीच समझदारी
- 2083/01/23 मविव क्याम्पसमा पहिलो पटक आइसीटि तालिम सुरु
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ