News Category 2082/12/09
सेनाले मनाए वार्षिकोत्सव
दैनिक समाचारदाता
राजविराज, ९ चैत ।
राजविराजस्थित नेपाली सेनाको बरख गणले आफ्नो २४३ औं वार्षिकोत्सव आइतबार साँझ मनाएको छ ।
आयोजित कार्यक्रममा मधेश र पहाडलाई भावनात्मक रुपमा जोड्ने विभिन्न सन्देशमूलक गीत, नृत्य र कला प्रस्तुत गरिएको थियो ।
कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथी सहायक रथी कृष्णराज आर्चाय (अ.प्रा.) ले नेपाली सेना मधेश–पहाडबीच भावनात्मक सम्बन्ध अझ प्रगाढ बनाउने दिशामा अघि बढेको बताए ।
यसका लागी नेपाली सेनाले युवा जनशक्तीमा देशभक्ती एवं राष्ट्रिय एकताको भावना जागृत गराउन विभिन्न गतिबीधी अघि बढाएको उनको भनाई थियो ।
उनले अनवरत रुपमा राष्ट्रप्रति जिम्मेवारी वहन गर्दै आएको नेपाली सेनाले शान्ति सुरक्षा तथा विभिन्न प्राकृतिक प्रकोपका बेला विपद व्यवस्थापनमा समेत योगदान गर्दै आएको स्मरण गराए ।
कार्यक्रममा सहभागीहरुको स्वागत गर्दै बरख गणका गणपती सोभित बहादुर चन्दले नेपाली सेनाको चेन अफ कमाण्डबाट प्राप्त हरेक निर्देशनको सफल कार्यान्वयन गरिएको उल्लेख गरे ।
उनले हालै सम्पन्न प्रतिनीधीसभा निर्वाचनलाई मर्यादित र भयरहितको वातावरणमा सम्पन्न गराउन सेनाले साधन श्रोतले भ्याएसम्म भुमिका खेलेको भन्दै उनले यसमा सघाउने सबैप्रति धन्यवाद र आभार ब्यक्त गरे ।
कार्यक्रममा गणद्वारा आयोजित खेलकुद प्रतियोगिताका विजयी खेलाडी तथा विभिन्न विद्यामा वर्षका उत्कृष्ट सैनिक जवानहरुलाई ट्रफी, मेडल, प्रमाणपत्र तथा नगद पुरस्कारबाट सम्मानित गरिएको थियो । कार्यक्रममा जिल्लास्थित सुरक्षा निकाय तथा विभिन्न संघ संस्थाका प्रमुखहरुको सहभागिता रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/23 हुलाकमार्फत राहदानी बुझिलिने सम्बन्धमा प्रशासन कार्यालय र हुलाकबीच समझदारी
- 2083/01/23 मविव क्याम्पसमा पहिलो पटक आइसीटि तालिम सुरु
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ