News Category 2072/01/21
विभिन्न संघसंस्थाद्वारा संकलित राहत सामाग्रि तथा नगद प्रधानमन्त्री दैवी प्रकोप उद्वार कोषमा पठाइयो
दैनिक संवाददाता
राजविराज, २० बैशाख ।
गत शनिबार गएको महाभुकम्पबाट पीडित भएकाहरुका लागि विभिन्न संघसंस्थाहरुले राहत संकलन गरी आईतबार जिल्ला प्रशासन कार्यालय सप्तरी मार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पठाएका छन ।
ती संस्थाहरुले संकलन गरेको राहत सामग्रीहरु सप्तरीका प्रमुख जिल्ला अधिकारी बिरेन्द्र कुमार यादवमार्फत त्यहाँ पठाइएको हो ।
सो क्रममा इन्टिपेन्डेन्ट युथ सप्तरीद्वारा संकलन गरिएका ४५ किलो भुजा, ४० किलो च्युरा, ७८ कार्टुन पानी, ११ थान त्रिपाल, १८ कार्टुन चाउचाउ सहितका राहत सामग्रीहरु प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि पठाईएको युथका राहुल देवले जानकारी दिनुभयो ।
त्यस्तै दुर्गा सेकेन्ड्री बोर्डिङ्ग स्कुल राजविराजका प्रिन्सिपल कुमार पाठकले ४२ हजार नगद प्रजिअ यादवमार्फत पठाउनु भएको छ ।
यसैगरी डिहबार बाबा टोल विकास संस्था राजविराज नगरपालिका ५ ले राहत स्वरुप च्युरा ७० किलो, भुजा १५ किलो संकलन गरी प्रजिअ यादवमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि पठाईएको संस्थाका अध्यक्ष तुलसी चौधरीले जानकारी दिनुभयो ।
त्यस्तै सप्तकोशी नगरपालिकाबाट १ हजार ७ सय ४९ कार्टुन पानी, ६६ प्याकेट नुन, २९ बोरा भुजा, ५० बोरा च्युरा, चामल २५ किलो, ५ कार्टुन बिस्कुट संकलन गरी पठाइएको प्रजिअ यादवले जानकारी दिनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ