News Category 2072/01/21
पोखरेलले चलाएको गोलीबाट मुखियाँ घाइते
दैनिक संवाददाता
कञ्चनरुप (सप्तरी), २० बैशाख ।
सप्तरीको कंचनरुप नगरपालिका ४ जगतपुरका राजीव सिंह (पोखरेल)ले चलाएको गोली लागि एक जना सख्त घाईते भएका छन् । शनिबार राति करीब १२ बजे मुसहर बस्ती पुगेका पोखरेलले स्थानीय राजाराम मुखियालाई रक्सी खान जान भन्दा नगएपछि दर्जनौं राउण्ड गोली चलाएका थिए ।
सो गाली लागेर घाइते भएका राजाराम मुखियाकोे धरमपुर स्थित धर्मेश्वर अस्पतालमा उपचार भइरहेको छ । मुसहरबस्तीमा सिंहले अन्धाधुन गोली फायर गरेपछि सिंगो मुसहर बस्तीमा भाग दौड मचिएको थियो ।
रक्सीको उन्मादमा मुसहर बस्तीमा आंतक मचाउने पोखरेललाई इलाका प्रहरी कार्यालय कंचनपुरले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय कंचनपुरका प्रहरी निरीक्षक मेघराज थापाले आरोपीत पोखरेललाई राती नै प्रहरीले पक्राउ गरिसकिएको बताउँदै पीडीतले दिइएको उजुरीको आधारमा कार्यवाही अघि बढाउने जानकारी दिनुभयो ।
स्थानीय जमिनदार राजीव सिंह (पोखरेल)ले शनिबार मुसहर बस्तीमा मच्चाएको आंतक पहिलो पटक होईन । पाखरेलले यस अघि पनि श्यामदेव यादबको खुट्ठा भाचिदिएको, कुमारलाल यादबलाई गाली गलोज र केही समय अघि पनि मुसहरहरुलाई कुटपिट गरेको स्थानीहरुले आरोप लगाएका छन् । पटक पटक मुसहर बस्तीमा निमुखा मुसहरहरुलाई कुटपिट गर्ने, उनीहरुलाई दुरव्यवहार गर्ने, डर धम्की देखाएर अनैतिक क्रियाकलाप गर्ने गरेका स्थानीय मुसहर समुदायहरुले बताएका छन् । केही वर्ष अघि पनि मुसहर बस्तीमा गोली बर्साएर आंतक मच्चाएका सिंहको विरुद्ध मुसहरहरुले इप्रका कंचनपुरमा उजुरी समेत दिएका थिए । तर, इलाका प्रहरी कार्यालय कंचनपुरले उक्तm घटना मिलापत्र गरि टुग्याएको थियो ।
यता मुसहर बस्तीमा पोखरेलले गरेको गोली प्रहार र ज्यायदतीको समाचार संकलनका लागि इलाका प्रहरी कार्यालय कंचनपुर पुगेका पत्रकार किशोर पासवानलाई प्रहरी जवान आशाराम मेहताले दुरव्यवहार गरेका छन् ।
समाचार संकलनका लागि प्रहरी कार्यालय परिसरमा पुगेका पत्रकार पासवानलाई प्रहरी जवानले धक्का मारेर बाहिर निकालेको पीडीत पत्रकार पासवानले बताए ।
यसैबीच नेपाल पत्रकार महासंघ सप्तरीले समाचार संकलनका लागि इलाका प्रहरी कार्यालय परिसरमा पुगेका पत्रकार उपर दुब्र्यहार हुने क्रम जारी रहनु निन्दनीय काम भएको ठहर गर्दै भर्ससना गरेको छ ।
महासंघ सचिव ओमप्रकाश साहद्वारा जारि विज्ञप्तिमा प्रहरीबाट भएका यस्तो कार्यबाट सत्यतथ्य समाचार सम्प्रेशन गर्न नदिने, घटनालाई लुकाएर बाहिर आउन नदिने अभिप्राय देखिएको हुँदा प्रहरी प्रशासनलाई यसै विज्ञप्ती मार्फत यस्ता घट्ना ढाक छोप गर्ने गतिविधिहरु अविलम्व रोक्न तथा दोषी प्रहरीलाई कारवाहीका लागी जोडदार माग गरिएको छ ।
यस्तै कंचन मिडिया सेन्टरले आईतबार एक विज्ञप्ति प्रकाशित गर्दै मिडिया सेन्टरका कोषाध्यक्ष समेत रहेका पत्रकार किशोर पासवानमाथि भएको दुरव्यहार भत्र्सना गर्दै दोषी प्रहरीमाथि कार्यावाहीको माँग गरेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
- 2083/01/29 अग्निपीडितलाई उद्योग बाणिज्य र पालिकाको सहयोग
- 2083/01/27 खरानीमा गहना खोज्दै अग्निपीडित
- 2083/01/27 पाँच दिने आईसीटी तालिम सम्पन्न
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ