News Category 2070/04/09
तीन करोड ५० लाख मुल्य बराबरको आ“पको व्यापार
दैनिक संवाददाता
राजविराज, ८ साउन ।
यस बर्ष सप्तरीमा करिब ३ करोड ५० लाख मुल्य बराबरको आँपको व्यापार भएको जिल्ला कृषि विकास कार्यालय सप्तरीले जनाएको छ ।
आँपको राजधानीको नामले प्रसिद्ध सप्तरीमा यस वर्ष आँप उत्पादनमा गत बर्षको तुलनामा कमी आएपनि यस बर्ष आँपको व्यापार भने बढेको छ ।
आँपको उत्पादन कम हुनु तर बिक्रि मूल्य उच्च रहेकाले कारोबार बढी भएको कृषि विकास कार्यालय सप्तरीका प्रमुख अनुपलाल साहले जानकारी दिनुभयो ।
यसबर्ष सप्तरीमा १७ हजार मेट्रिक टन आँप उत्पादन भएकोमा करिब ३ करोड ५० लाख मुल्य बराबरको व्यापार भएको प्रमुख साहले बताउनुभयो ।
गत बर्ष सप्तरीमा ९५ हजार मेट्रिक टन आँप उत्पादन भएकोमा करिब ३ करोड बराबरको आँपको व्यापार भएको थियो ।
सप्तरीमा यस बर्ष आँप उत्पादनमा ८० प्रतिशतले कमी आएको कृषि विकास कार्यालय सप्तरीले जनाएको छ ।
आँप उत्पादनमा कमी आएपछि यस बर्ष आँपको मुल्य दोब्बर÷तेब्बर बिक्री बितरण भएको छ । यस बर्ष आँप खेती गरिएको ४७ हजार हेक्टर क्षेत्रफल मध्ये २५ प्रतिशत आँपको बोटमा मात्र टिकुला लागेकोले प्रति हेक्टर ५ हजार मेट्रिक टन मात्र उत्पादन भएको जिल्ला कृषि विकास कार्यालय सप्तरीका प्रमुख साहको भनाई छ ।
गत बर्ष मालदह प्रतिकिलो रु. ३०, कलकतिया रु. २५ र बम्बई रु. ३० का दरले बिक्री भएकोमा यस बर्ष मालदह प्रतिकिलो रु. ६०, कलकतिया प्रतिकिलो रु. ५०, बम्बई प्रतिकिलो रु. ५० का दरले बजारमा बिक्री भएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ