News Category 2070/04/09
तीन करोड ५० लाख मुल्य बराबरको आ“पको व्यापार
दैनिक संवाददाता
राजविराज, ८ साउन ।
यस बर्ष सप्तरीमा करिब ३ करोड ५० लाख मुल्य बराबरको आँपको व्यापार भएको जिल्ला कृषि विकास कार्यालय सप्तरीले जनाएको छ ।
आँपको राजधानीको नामले प्रसिद्ध सप्तरीमा यस वर्ष आँप उत्पादनमा गत बर्षको तुलनामा कमी आएपनि यस बर्ष आँपको व्यापार भने बढेको छ ।
आँपको उत्पादन कम हुनु तर बिक्रि मूल्य उच्च रहेकाले कारोबार बढी भएको कृषि विकास कार्यालय सप्तरीका प्रमुख अनुपलाल साहले जानकारी दिनुभयो ।
यसबर्ष सप्तरीमा १७ हजार मेट्रिक टन आँप उत्पादन भएकोमा करिब ३ करोड ५० लाख मुल्य बराबरको व्यापार भएको प्रमुख साहले बताउनुभयो ।
गत बर्ष सप्तरीमा ९५ हजार मेट्रिक टन आँप उत्पादन भएकोमा करिब ३ करोड बराबरको आँपको व्यापार भएको थियो ।
सप्तरीमा यस बर्ष आँप उत्पादनमा ८० प्रतिशतले कमी आएको कृषि विकास कार्यालय सप्तरीले जनाएको छ ।
आँप उत्पादनमा कमी आएपछि यस बर्ष आँपको मुल्य दोब्बर÷तेब्बर बिक्री बितरण भएको छ । यस बर्ष आँप खेती गरिएको ४७ हजार हेक्टर क्षेत्रफल मध्ये २५ प्रतिशत आँपको बोटमा मात्र टिकुला लागेकोले प्रति हेक्टर ५ हजार मेट्रिक टन मात्र उत्पादन भएको जिल्ला कृषि विकास कार्यालय सप्तरीका प्रमुख साहको भनाई छ ।
गत बर्ष मालदह प्रतिकिलो रु. ३०, कलकतिया रु. २५ र बम्बई रु. ३० का दरले बिक्री भएकोमा यस बर्ष मालदह प्रतिकिलो रु. ६०, कलकतिया प्रतिकिलो रु. ५०, बम्बई प्रतिकिलो रु. ५० का दरले बजारमा बिक्री भएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/23 हुलाकमार्फत राहदानी बुझिलिने सम्बन्धमा प्रशासन कार्यालय र हुलाकबीच समझदारी
- 2083/01/23 मविव क्याम्पसमा पहिलो पटक आइसीटि तालिम सुरु
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ