News Category 2072/01/22
नगरको तीन स्थानमा लाखौको चोरी
दैनिक संवाददाता
राजविराज, २१ वैशाख ।
सप्तरी सदरमुकाम राजविराजको विभिन्न तीन स्थानमा आइतबारराति लाखौको चोरी भएको छ ।
राजविराज नगरपालिका ८ निवासी राजविराज टुडेका सम्पादक सुमन कुमार मिश्राको घरबाट आइतबारराति करिब २० लाख मुल्य बराबरको समान चोरी भएको हो ।
डेरामा कोही नभएको मौका छोपी चोरले मिश्राको डेराबाट २० भरी सुन, चाँदी र १ लाख २५ हजार नगद सहित करिब २० लाख मुल्य बराबरको सरसमानहरु चोरी भएको पीडित पत्रकार मिश्राले जानकारी दिनुभयो ।
त्यस्तै राजविराज नगरपालिका १ स्थित हटियामा समेत एक लाख मुल्य बराबरको समानहरु चोरी भएको छ । हटियास्थित रवि लाल साहको किराना पसलको ताल्चा तोेडी पसलमा रहेको तेलको कार्टुन, सेम्पु, बदाम जुस, रेड बुल र नगद सहित करिब १ लाख मुल्य बराबरको सर समानहरु चोरी गरी लगेको पीडित रविलाल साहले जानकारी दिनुभएको छ । साहका अनुसार चोरहरुले पसलको गल्ला नै चोरी गर्नुका साथै गल्लामा रहेका सम्पुर्ण नगद समेत चोरी गरेको बताउँनभयो ।
त्यसैगरी सोही स्थानमा रहेको आदित्य फोटो कापी सेन्टरमा समेत चोरी भएको छ । भरतप्रसाद साहको फोटो कापी सेन्टरबाट ३ थान कम्प्युटर र नगद १० हजार चोरी भएको पीडितले बताएका छन ।
यसैबिच चोरी गरेको आरोपमा राजविराज नपा वडा नं. ७ बस्ने वर्ष २८ अरुण सदा र सप्तरी डिमन गाविस घर भई हाल राजविराज नपा वडा नं. ६ बस्ने वर्ष १६ को प्रेम साहलाई जिल्ला प्रहरी कार्यालय सप्तरीले निजहरुकै घरबाट नियन्त्रणमा लिएको जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
- 2083/01/29 अग्निपीडितलाई उद्योग बाणिज्य र पालिकाको सहयोग
- 2083/01/27 खरानीमा गहना खोज्दै अग्निपीडित
- 2083/01/27 पाँच दिने आईसीटी तालिम सम्पन्न
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ