News Category 2072/01/23
“मधेशीहरु पहाडको पीडामा मलहम लगाउँन जुटे”
शुभ नारायण यादव
राजविराज, २२ बैशाख ।
बैशाख १२ गते गएको महाभूकम्प पीडितहरुका लागि संयुक्त मधेशी मोर्चाले मुठीदान अभियान शुरु गरेको छ ।
गएको महाभूकम्पका कारण पहाडी जिल्लाहरुमा हजारौं जनताहरुको मृत्यु हुनुका साथै हजारौं हाताहात तथा लाखौं जनताहरु घरवार बिहीन भएपछि तराई मधेशमा पनि पहाडको पीडामा मलहम लगाउँनका लागि संयुक्त मधेशी मोर्चा सप्तरीले जिल्लाको विभिन्न गाउँ गाउँमा राहत स्वरुप मुठीदान संकलनमा लागि परेका छन् ।
खुल्ला आकाश मुनि रोइकराई भोकभोकै रात दिन विताइरहेका जनताहरुको आँखाको आँशु पुछ्न गाउँ गाउँबाट राहत संकलन कार्यमा संयुक्त मधेशी मोर्चाका नेता तथा कार्यकर्ताहरु लागिपरेका हुन ।
सप्तरीको बरही बिरपुर ५ का महिन्द्र यादवले यस दुःखको घडीमा अन्नदान गरी भूकम्प पीडितहरुको सहयोगार्थ थोरै भएपनि मलहम लगाउँन सकिने विश्वास ब्यक्त गर्नुहुन्छ ।
उहाँ जस्तै पहाडको आँशु पुछ्ने यादव जस्ता हजारौं हजारले यति खेर पहाड जिल्लाहरुको गाउँ गाउँको आँशु पुछ्न खाद्यान्न, जिन्सी र नगद सहितका सरसमानहरु निर्धक साथ सहयोग गर्दै आएका छन । संघीयताको विषयलाई केही समय पहिलेदेखि तराई र पहाडबीचको सम्बन्ध केही टाढा देखिए पनि अहिलेसबै विर्सेर हामी एक हौं भन्दा आफूहरु राहत संकलन गरी पहाडको जनताहरुको एक छाक भए पनि भोको पेट भर्न कम्मर कसेर अघि बढेको संयुक्त मधेशी मोर्चाका नेता तथा राष्ट्रिय मधेश समाजवादी पार्टीका जिल्ला अध्यक्ष गजेन्द्र मण्डलको भनाई छ ।
उहाँले अगाडी भन्नुहुन्छ, ‘उठ नेपाली, जुट नेपाली, लम्क नेपाली भन्दै अघि बढेका छौं । यसले पहाड र मधेशको सम्बन्धलाई प्रगाढ बनाउँन सकिन्छ ।’
मधेशलाई राज्य पक्षबाट उपीकस्ेक्षाको सिकार बनाएकोले आप्mनो अधिकारका लागि केही मनमुटाव भए पनि हामी सबै एक हौं भन्दै तराईका जिल्लाहरुबाट उल्लेखीय मात्रामा पहाडी जिल्लामा राहत पठाउने काम भएको सद्भावना पार्टीका जिल्ला अध्यक्ष सुनिल कुमार झाको भनाई छ ।
सबै नेपाली एक हौं भन्दै तराईका जिल्ला जिल्लाबाट यतिखेर पहाडी जिल्लाका जनताको सेवार्थ हजारौं हजार सहयोगी हातहरु जुटिएको तथा अहिले जिल्लाको सदरमुकाम बाहेक अन्य ग्रामिण भेगहरुमा समेत तिव्र रुपमा राहत स्वरुप अन्नदान संकलनमा लागिपरेको मधेशी जनअधिकार फोरम नेपालका केन्द्रिय सदस्य शैलेन्द्र प्रसाद साहको भनाई छ ।
भोक भोकै खुल्ला आकाशमुनि कष्टकर रात विताइरहेका हजारौं जनताहरुलाई अलि कति भए पनि एक मुठी खाने कुरा र एक घुट्की पानी पिएर राहत महसुस हुने फोरम नेपालका जिल्ला अध्यक्ष दिनेश कुमार यादवले उल्लेख गर्नुभयो ।
महाभूकम्पले पहाडको आँखामा आँशु आएको छ । हो, त्यसैले अहिले तराईका जिल्लाहरुका घर, पसल, संघ संस्थाबाट राहत संकलन गरेर पहाडको आँखाको आँशु पुछ्ने काम भइरहेको स्थानीय सरोकारबालाहरुको ठम्याई छ ।
यतिखेर तराईका जिल्लहरुमा ‘पहाडको आँशु तराईले पुछ्दंै’ भन्ने वाक्य निकै चचिर्त बन पुगेको छ । ‘पहाडलाई प्रसव पीडा हुँदा तराई रुन्छ ।’ महाभूकम्पले पहाडको मन घाउ भएको छ यति खेर तराईले मल्हम पट्टी गरिरहेको विद्यार्थी मंचका जिल्ला अध्यक्ष किशोर कुमार यादवको भनाई छ । उहाँले अगाडी भन्नुहुन्छ, “यस बेला असल मित्रताको खाँचो छ ।”
त्यस्तै जिल्लाका विभिन्न संघ संस्थाहरुले समेत भूकम्प पीडितहरुको सहयोगार्थ यहाँबाट राहत संकलन गरी प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री राहत कोषमा नगद तथा अन्य खानेकुराहरुको मसेत पठाईएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
- 2082/10/14 नेपालकै पुरानो चन्द्रनहरको ३२ स्थानमा पुनर्निमाण कार्य सकाएर जापानद्वारा नेपाललाई हस्तान्तरण
- 2082/10/14 एकै रात प्रहरीका घरदेखि साईकल मरम्मतका पसल सम्म चोरी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ