News Category 2072/01/24
मैथिली भाषामै पठन पाठन गर्न जिशिकाको निर्देशन
दैनिक संवाददाता
राजविराज, २३ वैशाख ।
जिल्ला शिक्षा कार्यालय सप्तरीले जिल्लामा संचालित साक्षर नेपाल अभियान अन्तर्गत साक्षरता कक्षामा मैथिली भाषामै पठन–पाठन गर्न निर्देशन जारी गरेको छ ।
निमित्त जिल्ला शिक्षा अधिकारी रुद्र राई बुधवार एक प्रेस विज्ञप्ति जारी गर्दै सम्वन्धित सरोकारवालाहरुलाई उक्त निर्देशन जारी गरेको हो ।
यसअघि मैथिली साहित्य परिषद् राजविराजद्वारा मंगलवार जिल्ला शिक्षा कार्यालयमा बुझाईएको ध्यानाकर्षण पत्रमार्फत उठाईएका विषयवस्तुहरुको बारेमा कार्यालयको ध्यानाकर्षण भएको भन्दै निमित जिशिअ राईले प्रेस विज्ञप्ति मार्फत निर्देशन जारी गर्नुभएको हो ।
नेपाल सरकार अनौपचारिक शिक्षा केन्द्रद्वारा स्वीकृत पाठ्यक्रममा आधारित स्थानीय भाषाका पाठ्यपुस्तक प्रयोग गर्नुपर्नेछ भन्ने सन्दर्भमा साक्षरता कक्षा सञ्चालन गर्ने संघसंस्था तथा साक्षरता सहजकर्ताहरुलाई पूर्ण रुपमा कार्यान्वयनको लागि जिल्ला शिक्षा कार्यालय सप्तरीले निर्देशन दिएको जारि विज्ञप्तिमा उल्लेख छ ।
सोही विज्ञप्तिमा मैथिली भाषाभाषीको बाहुल्यता रहेको क्षेत्र खासगरी सप्तकोशी नगरपालिका र पिप्रापूर्वमा स्थानीय भाषालाई प्राथमिकता दिनुपर्ने उल्लेख छ ।
स्थानीय भाषाका पाठ्यपुस्तकलगायतका अन्य सन्दर्भ सामग्रीहरु सुपथ मूल्यमा सहज तरिकाले उपलबध गराई दिनका लागि सम्वन्धित सबैमा जिल्ला शिक्षा कार्यालय सप्तरीले आग्रह समेत गरेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
- 2083/01/29 अग्निपीडितलाई उद्योग बाणिज्य र पालिकाको सहयोग
- 2083/01/27 खरानीमा गहना खोज्दै अग्निपीडित
- 2083/01/27 पाँच दिने आईसीटी तालिम सम्पन्न
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ