News Category 2072/01/25
डुबेर दुई बालक तथा शव हेरेर एक महिलाको मृत्यु
दैनिक संवाददाता
राजविराज, २४ वैशाख ।
सप्तरीको छुट्टाछुट्टै दुई स्थानमा बिहीबार दुई बालक र एक महिला गरि तीन जनाको मृत्यु भएको छ ।
जिल्लाको बभनगामाकट्टी गाविस २ तोपामा बिहिबार पोखरीमा डुबेर मृत्यु भएका बालकको शव हेरेर एक महिलाको समेत ह्दयघातबाट ज्यान गएको छ ।
स्थानीय विजय दासका ८ वर्षिय छोरा मनित कुमार दासको घर नजिकैको पोखरीमा डुबेर मृत्यु भएको ईलाका प्रहरी कार्यालय हनुमानगरका इन्चार्ज शंकर खतिवडाले जानकारी दिनुभयो ।
खतिवडाका अनुसार उक्त बालकको शव हेरेर उनका छिमेकी बुधमल दासकी श्रीमति उर्मिला देवी दासको ह्दयघातबाट मृत्यु भएको छ ।
बालकको शव हेरेर बेहोश भएकी उर्मिलाको राजविराजस्थित गजेन्द्र नारायण सिंह सगरमाथा अंचल अस्पतालमा उपचारको लागि ल्याउँदै गर्दा बिच बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
यसैगरि जिल्लाको तिलाठी २ निवासी श्याम नारायण साहको १० वर्षिय छोरा आशिष कुमार साहको पोखरीमा डुबेर मृत्यु भएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ