News Category 2072/01/28
अनुमति लिन चाहने विद्यालयहरुको संघर्ष समिति गठन
दैनिक संवाददाता
राजविराज, २७ बैशाख ।
अनुमति लिन चाहने विद्यालय संस्थापकहरुको एक भेलाले आइतबार ११ सदस्यीय संघर्ष समिति गठन गरेको छ ।
नविन मिश्रको संयोजकत्वमा गठित सो समितिको सहसंयोजकमा प्रकाश कुमार दास, सचिवमा राजकिशोर महतो, कोषाध्यक्षमा सरोज कर्ण तथा सदस्यहरुमा उमाकान्त चौधरी, बिनोद कुमार यादव, संजिव कुमार झा, रामकुमार गुप्ता, बैजनाथ प्रसाद साह, दिपेन्द्र प्रसाद यादव, शुशिल कुमार मण्डल रहेका छन् ।
त्यसैगरि सल्लाहकारहरुमा विभाष मिश्र, सतेन्द्र प्रसाद देव र प्रेस सल्लाहकारमा शिवनारायण साह (सुरज) रहनु भएको छ ।
यसअघि जिल्ला शिक्षा कार्यालय सप्तरीले स्थानिय पत्रिका मार्फत आइतबार बिना अनुमति संचालनमा रहेका विद्यालयहरु ५ दिन भित्र बन्द गर्न सूचना प्रकाशित गरेपछि उनीहरु आन्दोलित भएका हुन् ।
नवगठित संघर्ष समितिका संयोजक र सचिवद्वारा आइतबार जारि विज्ञप्तिमा अनुमति बेगरको विद्यालयहरुलाई संगठित गरेर अनुमतिका लागि नेपाल सरकारका सरोकारवाला निकायहरुमा ज्ञापन पत्र दिने र अनुमतिका लागि पूर्वाधार र योग्य विद्यालयहरुलाई अनुमति दिलाउनका लागि आवश्यक पहल गर्ने निर्णय गरेको उल्लेख छ ।
यस्तै सोही विज्ञप्तिमा शिक्षा कार्यालय सप्तरीले जारि गरेको ५ दिने अल्टिमेटम फिर्ता लिन समेत माग गरिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ