News Category 2070/04/10
यथास्थितिमा निर्वाचन भए मुलुकका लागि घातक हुने ः भण्डारी
दैनिक संवाददाता
राजविराज, ९ साउन ।
राष्ट्रिय मधेश समाजवादी पार्टीका अध्यक्ष शरत्सिंह भण्डारीले यथास्थितिमा निर्वाचन हुनै नसक्ने बताउनुभएको छ ।
राष्ट्रिय मधेश समाजवादी पार्टी निकट समाजवादी युवा लिगका सप्तरी संयोजक योगेन्द्र यादव र धनिकलाल यादवको १३ औं दिनको पुण्यतिथिको अवसरमा बुधबार राजविराजमा आयोजित श्रद्धाञ्जली सभामा उहाँले सो कुरा बताउनुभएको हो ।
यथास्थितिमा हुनै नसक्ने दाबी गर्दै उहाँले यथास्थितिमा निर्वाचन भए देशका लागि घातक हुने जिकिर गर्नुभयो ।
बिगतमा भएको त्रुटलाई नसच्चयाए सम्म निर्वाचन हुनै नसक्ने दाबी गर्दै अध्यक्ष भण्डारीले निर्वाचन आयोगले निर्वाचनको तयारी गरिहदाँँ पनि चुनाव लड्ने दलहरु निर्वाचनमा अझै केन्द्रीत हुन नसकेकोले यस्तो अवस्थामा सार्थक निर्वाचन हुन नसक्ने बताउनुभयो ।
आफुहरु सार्थक निर्वाचनको पक्षमा रहेको उल्लेख गर्दै भण्डारीले यथास्थितिमै जवर्जस्ती निर्वाचन गराउन खोजिए आफुहरु त्यस्तो निर्वाचनमा नजाने स्पष्ट पार्नुभयो ।
संघीयता सहित संबिधान बन्न नदिन समानुपातिक सिट संख्या घटाउन खोजिएको आरोप लगाउनुहुँदै अध्यक्ष भण्डारीले देशको कुल जनसंख्या मध्ये मधेशको जनसंख्या आधा रहेकोले कुल निर्वाचन क्षेत्रको आधा निर्वाचन क्षेत्र मधेशमा कायम हुनुपर्ने बताउनुभयो ।
राष्ट्रिय मधेश समाजवादी पार्टी सप्तरीका अध्यक्ष धनेश यादवको अध्यक्षतामा आयोजित श्रद्धाञ्जली सभामा सो पार्टीका केन्द्रीय सदस्यहरु बिजय यादव, बिरेन्द्र साह(क्रान्ति), केशब झा, समाजवादी युवा लिगका केन्द्रीय अध्यक्ष संजीव झा, उपाध्यक्ष रंजीत झा, मधेशी जनअधिकार फोरम नेपाल सप्तरीका अध्यक्ष मो. युसुफ अली, सद्भावना पार्टीका युवा नेता दिनेश यादव, संघर्ष समितिका संयोजक लक्ष्मण यादव लगायतले स्व. यादवद्वय प्रति श्रद्धाञ्जली ब्यक्त गर्नुभयो ।
गत असार २८ गते शनिवार पुर्व पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको भंगहा सडक खण्डमा बसको ठक्करबाट यादवद्वयको मृत्यु भएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
- 2082/10/14 नेपालकै पुरानो चन्द्रनहरको ३२ स्थानमा पुनर्निमाण कार्य सकाएर जापानद्वारा नेपाललाई हस्तान्तरण
- 2082/10/14 एकै रात प्रहरीका घरदेखि साईकल मरम्मतका पसल सम्म चोरी
- 2082/10/13 सप्तरीमा प्रतिनिधिसभा सदस्य निर्वाचन, पूर्वउपप्रधानमन्त्री, पूर्वमुख्यमन्त्री, पूर्वमन्त्री, पूर्वसांसद, संविधानसभा सदस्यसहितका उम्मेदवार चुनावी मैदानमा
- 2082/10/13 आचारसंहिता विपरीत झुण्डाइएका सामाग्रि हटाउन निर्देशन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ