News Category 2072/01/31
नीजि विद्यालयहरुको संघर्ष समितिद्वारा प्रदर्शन
दैनिक संवाददाता
राजविराज, ३० बैशाख ।
अनुमति लिन चाहने नीजि विद्यालयहरुको संघर्ष समितिले बुधबार राजविराजमा प्रदर्शन गरेको छ ।
जिल्ला शिक्षा कार्यालय सप्तरीले अनुमति नपाएका जिल्लाका १ सय ५२ वटा विद्यालयलाई आइतबार पत्रिका मार्फत पाँच दिने सूचना प्रकाशित गरि बन्द गर्न दिएको अल्टिमेटमको बिरुद्धमा उनीहरु आन्दोलित भएका हुन् ।
स्थानिय शिव मन्दिरको प्राङ्गणबाट नीजी विद्यालयका संस्थापकहरुको एक जुलुस नगरको विभिन्न स्थानमा प्रदर्शन गर्दै ज्ञापन पत्र समेत बुझाएको छ ।
प्रदर्शन पश्चात् सप्तरीका प्रमुख जिल्ला अधिकारी बिरेन्द्र कुमार यादव, जिल्ला विकास समितिका स्थानीय विकास अधिकारी एवं शिक्षा समितिका संयोजक कोमल प्रसाद धमला, निमित्त जिल्ला शिक्षा अधिकारी रुद्र राईलाई ज्ञापन पत्र बुझाउँदै आफुहरुको जायज माँग अविलम्ब पुरा गर्नुपर्ने माँग गरेका छन् ।
यसैगरि शिक्षा समितिका संयोजक कोमल प्रसाद धमलाले प्रक्रिया पुगेका विद्यालयहरुलाई अनुमति दिलाउन सक्दो पहल गर्ने प्रतिबद्धता जनाउनुभयो ।
यता संघर्ष समितिका संयोजक नवीन मिश्राले अल्टिमेटम फिर्ता लिन, विद्यालयहरुको अनुगमन गरि पूर्वाधार पुगेका विद्यालयहरुलाई अनुमति दिनु पर्ने माग गर्नुभएको छ साथै शिक्षा क्षेत्रमा प्रहरी प्रशासन लगाएर बलजप्ति बन्द गराउने धम्कि प्रति भत्र्सना गर्दै सो कुरालाई अविलम्ब सच्चयाउन माग गर्नुभयो ।
यस आन्दोलनप्रति हाम्रो निजी तथा आवासीय विद्यालय संगठन नेपाल केन्द्रिय महासचिव संतोष कुमार चमनले एक्यबद्धता जाहेर गर्दै विगत लामो समयदेखि संचालनमा रहेका र कक्षा अनुमति तथा थपका लागि फारम समेत भर्दै आएका नीजि विद्यालयहरुको अनुगमन तथा सुचनाको हकबाट समेत बञ्चित गरी शिक्षा विभागले दिएको निर्देशन समेतलाई बेवास्ता गरेका आरोप लगाउनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
- 2082/06/15 छिन्नमस्ता मन्दिर परिसरमा सेनाद्वारा निर्मित शिव मन्दिरको उद्घाटन
- 2082/06/14 सप्तरीका धार्मिकस्थलमा भक्तजनको भीड
- 2082/06/17 सुख्खा तथा खडेरी प्रभावित किसानहरुलाई राहत उपलब्ध
- 2082/06/12 एकल महिलाको सहारा बन्दै जुही
- 2082/06/12 याडियाको स्कुटर सप्तरीको बजारमा
- 2082/06/10 आन्दोलनका क्रममा दलका पार्टी कार्यालय, नेता र जनप्रतिनिधिको निवासमा गरि एक करोडको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ