News Category 2072/02/01
युवतीलाई झुठो प्रेमको जालमा फसाएर चौधरीले गरे अर्को विवाह
दैनिक संवाददाता
राजविराज, ३१ बैशाख ।
मुलुकमा महिला माथि हुने विभिन्न खाले हिंसाहरुमा अझै कमि आउँन सकेको छैन । यसैक्रममा सप्तरीमा थप एक महिलामाथि हिंसा भएको रहस्य खुलेको छ ।
उदयपुरको तपेश्वरी निवासी २३ वर्षिया चौधरी थरकी एक युवतीलाई सप्तरीको रायपुर गाविस ९ निवासी २५ वर्षिय गणेश कुमार चौधरीले झुठो प्रेमको जालोमा पारेर ती युवतीको अस्मिता लुटेका छन् ।
गणेश र युवतीबिच विगत दुई वर्षदेखि प्रेम प्रसङ्ग चल्दै आएको तथा तिनिहरुबिचमा प्रेम विवाह भई श्रीमान श्रीमतिको रुपमा बस्दै आएका थिए ।
तर, केही समय पछि उनलाई छाडेर श्रीमान गणेश अर्को केटी शम्भुनाथ नगरपालिका ५ निवासी दीप मालासँग दोश्रो विवाह गर्न लागेको बेला पीडित युवतीले थाहा पाएपछि बैशाख ३० गते विवाह रोक्न जिल्ला प्रहरी कार्यालय सप्तरीमा उजुरी दिईकी छिन् ।
त्यस पश्चात विपक्षी र पीडितलाई जिल्ला प्रहरी कार्यालयमा छलफलका लागि झिकाउँदा प्रहरी निरीक्षक अमृत लाल माझीको उपस्थितिमा युवकले युवतीको साथमा रहेको मोवाईलमा राखेका विवाहका फोटो तथा मोवाईलका चिप्स मसेत खोसी नष्ट पारेको महिला अधिकार मंचकी आभा सेतु सिंह आरोप लगाउनु भएको छ ।
यसअघि युवकले विवाह गरेको तस्विरका साथै आईएमईबाट पठाएको पैसाको रसिद, सुनको औंठी, लुगा कपडाको रसिद समेत देखाउँदा स्थानीय प्रहरी प्रशासनमौन बसेको उहाँले आरोप लगाउनुभयो ।
यसैबिच महिला अधिकार मंचकी आभा सेतु सिंह, डब्लु एच आरडीका राज कुमारी चौधरी, अधिवक्ताद्वय मीना कुमारी देव, रंजीता रिजाल, महिला सुरक्षा दबाव समुहकी मनोरमा देव, रितु कुमारी चौधरी, महिला अधिकार मंचकी उमा चौधरी सुबेदी र अधिबक्ता कृपा नारायण यादवद्वारा संयुक्त रुपमा जारी विज्ञप्तीमा मुलुकमा बढ्दो महिला हिंसाको घटनाप्रति दुखः ब्यक्त गर्दै चौधरीमाथि गरीएको उक्त घटनाको घोर भत्सर्ना गर्दै जिल्ला प्रहरी कार्यालयका प्रहरी निरक्षक माझिले दोषिमाथी कारवाही नगरि संरक्षण दिएकोमा खेद व्यक्त गर्नुभएको छ । साथै विज्ञप्तिमाम पीडितलाई न्याय दिलाउँन सहयोग नगरेको भन्दै दोषीमािथ अविलम्ब कार्वाही नभए सडक आन्दोलनमा जाने चेतावनी समेत दिइएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/09 लामखुट्टे नियन्त्रणका लागि औषधि छर्किने बारे नगरपालिका र प्रशासन कार्यालयमा ज्ञापन
- 2082/12/09 सेनाले मनाए वार्षिकोत्सव
- 2082/12/09 भन्सार छलेका मोटरसाइकलसहित किराना सामान भन्सार बुझाइयो
- 2082/12/09 राजविराज जेसीजलाई “संकल्प टु सक्सेस अवार्ड”
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
- 2082/12/06 दुई बाल श्रमिकसहित २३ जना कामदारको उद्दार
- 2082/12/06 दुःखमोेचन आश्रममा भगवानको दिब्य प्रतिमा स्थापनाको तयारी
- 2082/12/06 श्रोत नखुलेको २० लाख नेपाली रुपैयाँसहित एक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ