News Category 2072/02/02
मैथिलीमा पठन–पाठन गर्न÷गराउन विभिन्न राजनीतिक दलद्वारा प्रतिवद्धता
दैनिक संवाददाता
राजविराज, १ जेठ ।
मैथिलीमा पठन–पाठन गर्न÷गराउनका लागि सप्तरी विभिन्न राजनीतिक दलका नेताहरुले आ–आफ्नो स्थानबाट पहल गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
प्रभावकारी रुपमा मातृभाषा मैथिलीमा अनौपचारिक तथा औपचारिक शिक्षा सञ्चालन गर्ने विषयमा मैथिली साहित्य परिषद् राजविराजद्वारा शुक्रवार आयोजित अन्तरक्रिया कार्यक्रममा राजनीतिक दलका नेताहरु सो प्रतिवद्धता व्यक्त गरेका हुन् ।
जिल्ला शिक्षा कार्यालयले मातृभाषा मैथिलीमा साक्षरता कक्षा सञ्चालन गर्ने प्रतिवद्धता जनाए पनि केही साझेदार संस्थाहरु नेपाली भाषामा पढाउन थालेकोप्रति आपत्ति जनाउँदै राजनीतिक दलका नेताहरुलेले जिल्लामा बहुसंख्यक मैथिली भाषी रहेकोले कार्यान्वयनमा ल्याउनुपर्नेमा जोड दिए ।
मातृभाषामा पठन–पाठन गर्ने गराउने सवालमा शिक्षा कार्यालय उदासिन बन्दै गएको भन्दै आइतवार जिल्लाका सम्पूर्ण राजनीतिक दलहरु र मैथिली साहित्य परिषद्ले संयुक्त रुपमा शिक्षा अधिकारी लक्ष्मी प्रसाद भट्टराईको ध्यानाकर्षण गराउने निर्णय भएको छ ।
काठमाडौं महानगरपालिकामा नेवारी, राजविराज नगरपालिका र धनुषा जिल्ला विकास समितिले मैथिली भाषामा कामकाज गर्ने निर्णय विरुद्ध २०५८ साल जेठ १८ गते सर्वोच्च अदालतले रोक लगाउने निर्णय गरेको स्मरण गर्दै अन्तरक्रिया कार्यक्रममा सहभागी नेताहरुले आगामी जेठ १८ गतेलाई कालो दिवसको रुपमा मनाउन ध्यानाकर्षण गराए ।
विभिन्न चाडपर्वहरुमा विदा दिँदैआए पनि स्थानीयस्तरका मधेशका महत्वपूर्ण चाडपर्वहरुमा विदा नदिएको प्रति गुनासो गर्दै जितिया, समाचकेवा, चौरचन, जानकी नवमीलगायतका पर्वहरुमा सार्वजनिक विदा दिन समेत अन्तरक्रियाका सहभागी नेताहरुले माग गरेका छन् ।
परिषद्का अध्यक्ष शुभचन्द्र झाको अध्यक्षतामा आयोजित कार्यक्रममा एकिकृत नेकपा माओवादीका केन्द्रिय सदस्य एवम् सभासद् उमेश कुमार यादव, सद्भावना पार्टीका केन्द्रिय महासचिव मनिस कुमार सुमन, नेकपा एमालेका जिल्ला अध्यक्ष गोविन्द न्यौपाने, मधेशी जन अधिकार फोरम लोकतान्त्रिकका जिल्ला अध्यक्ष सत्यनारायण यादव, मधेशी जन अधिकार फोरम नेपालका जिल्ला अध्यक्ष दिनेश कुमार यादव, राष्ट्रिय मधेश समाजवादी पार्टीका जिल्ला अध्यक्ष गजेन्द्र कुमार मण्डल, थरुहट तराई पार्टीका जिल्ला अध्यक्ष पुरन चौधरीलगायत राजनीतिक दलका नेताहरुको सहभागिता रहेको थियो ।
अन्तरक्रिया कार्यक्रममा मैथिल महासंघ नेपालका अध्यक्ष विष्णुकुमार मण्डल, बृहत मधेशी नागरिक समाजका केन्द्रिय सदस्य बलराम यादव, ई. सुरत यादवलगायतको समेत उपस्थिति रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
- 2083/01/29 अग्निपीडितलाई उद्योग बाणिज्य र पालिकाको सहयोग
- 2083/01/27 खरानीमा गहना खोज्दै अग्निपीडित
- 2083/01/27 पाँच दिने आईसीटी तालिम सम्पन्न
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ