News Category 2072/02/04
तीन शर्तहरु पुरा भए सद्भावना पार्टीसँग एकिकरण सम्भव ः गजेन्द्रवादी
दैनिक संवाददाता
राजविराज, ३ जेठ ।
नेपाल सद्भावना पार्टी गजेन्द्रवादीले तीन शर्तहरु पुरा भए सद्भावना पार्टीबिच एकिकरणको प्रयास सम्भव हुन सकिने जनाएको छ ।
नेपाल सद्भावना पार्टी गजेन्द्रवादीका केन्द्रिय अध्यक्ष विकास कुमार तिवारीले आईतबार राजविराजमा पत्रकार सम्मेलनको आयोजना गरी विगत डेढ वर्षदेखि आप्mनो पार्टी तथा राजेन्द्र महतो नेतृत्वको सद्भावना पार्टीबिच एकिकरणको विषयमा प्रयास जारी रहेको तथा आप्mना तीन बुँदे शर्तहरु पुरा भएको खण्डमा एकिकरण हुन सकिने बताउँनुभयो ।
अखण्ड मधेश सहितको संघिय संविधान, अखण्ड मधेशको निमार्णको सवाललाई मुल राजनीतिक कार्यदिशा तथा सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोकी श्रीमति शैलदेवी महतोलाई संविधान सभाको सदस्यबाट फिर्ता ल्याईएको खण्डमा एकिकरण हुन सकिने आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।
एकिकरणपछि पार्टीको नाममा गजेन्द्रवादी जोडनुपर्ने तथा पार्टी एकिकरणको लागि एउटा वार्ता समिति समेत गठन गरिएको जनाएको छ । पार्टीका राष्ट्रिय उपाध्यक्ष मो.कलाम आजादको संयोजकमा गठित समितिको सदस्यहरुमा पार्टीका सह महासचिव बिन्देश्वर यादव, केन्द्रिय सदस्यद्वय राम सहाय राय यादव, दानी मण्डल र श्रीमति सावित्री पण्डित रहेका छन ।
साथै भावि संविधानमा अखण्ड मधेश सहितको संघिय संविधान निर्माणका लागि जेष्ठ १९ गतेदेखि झापाको सदरमुकाम भद्रपुरबाट पदयात्रा निकाल्ने तथा पदयात्रा मधेशको हुलाकी राजमार्ग हुँदै चरणमा सम्पन्न हुने तथा प्रथम चरणको पदयात्रा झापा, मोरङ्ग र सुनसरीमा गर्ने जनाएको छ ।
त्यस्तै नेपाल सद्भावना पार्टी गजेन्द्रवादीको श्रद्धेय राजनेता गजेन्द्र बाबुद्धारा स्थापित मुल्य मान्यता प्रति उहाँले आफनो जीवनकालमा स्थापना गरेको सप्तरी सेवा आश्रमको संरक्षणका लागि आवश्यक लडाई लड्दै आएको सर्ववितिदै रहेको जनाउँदै सप्तरी सेवा आश्रमलाई पुन सप्तरीमा पुर्नस्थापित गर्ने निर्णय गरेको जनाएको छ ।
साथै प्रौढ शिक्षा संचालनमा राज्यको पुरानै निति अन्तरगत मधेशको भाषा मैथिली, भोजपुरी, अवधि, थारु, हिन्दीलाई समाप्त गरी प्रायोजित रुपमा नेपाली भाषामा प्रकाशित पुस्तक नयाँ गोरेटो पठन पाठनको रुपमा प्रयोग भईरहेको प्रति नेपाल सद्भावना पार्टी गजेन्द्रवादीको गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
- 2083/01/29 अग्निपीडितलाई उद्योग बाणिज्य र पालिकाको सहयोग
- 2083/01/27 खरानीमा गहना खोज्दै अग्निपीडित
- 2083/01/27 पाँच दिने आईसीटी तालिम सम्पन्न
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ