News Category 2070/04/11
मधेशवादी दलहरु सत्तामा पहु“चको लागि पहाडमा संगठन विस्तार गर्न थालेका छन् ः गोइत
दैनिक संवाददाता
राजविराज, १० साउन ।
नेपाल कम्युनिष्ट पार्टीका संस्थापक मध्यको एक ९० वर्षीय नरबहादुर कर्माचार्यको बुधबार भएको निधन प्रति अखिल तराई मुक्ति मोर्चाका केन्द्रिय कार्य समिति संयोजक जयकृष्ण गोइतले सम्बेदना प्रकट गर्नुभएको छ ।
गोइतले बिहीबार विज्ञप्ति प्रकाशित गरि स्व. कर्माचार्यको निधनले नेपाल कम्युनिष्ट आन्दोलनको एउटा युगको अन्त्य भएको जनाइएको छ । सो विज्ञप्तिमा कर्माचार्यले सैद्धान्तिक र व्यवहारिक प्रतिवद्धताको साथै आफुलाई साहसी, निर्भिक र सुविख्यात त्यागि व्यक्तिको रुपमा रुपान्तरित गर्नु भएको उल्लेख गरिएको छ ।
यसैगरि बुधबार मोर्चाद्वारा जारि गरिएको एक अर्को विज्ञप्ति प्रकाशित गरि मोर्चाले श्रावण १० गते आफ्नो पार्टीको नवौं वर्ष पूरा भएको र दशौं वर्षमा प्रवेश गरेको अवसरमा तराई मुक्तियुद्ध, मधेश महाविद्रोह २०६३ र समग्र तराई क्रान्तिमा सहादत प्राप्त गर्ने सम्पूर्ण वीर अमर शहीदहरु प्रति श्रद्धाञ्जली अपर्ण गरेको छ ।
उक्त विज्ञप्तिमा ९ वर्षको अवधिमा अन्तर्राष्ट्रिय लगायत नेपाल तथा तराईको राजनीतिक वृतमा भारी उथलपुथल भएको र स्वयं मुक्ति मोर्चाको जीवनमा एकता, संघर्ष, पूmट र पुनः नयाँ आधारमा नयाँ एकताका प्रव्रिmया विकसित हुँदै गएको उल्लेख गरिएको छ ।
विज्ञप्तिमा अगाडी भनिएको छ “संघियताबाट मधेशीको सार्वभौम अधिकार र आधारभूत हितहरु स्थापित हुने छैन् र नेपाली राजनीतिक दल एमाओवादी, एमाले र नेपाली काँग्रेसका नेताहरुका कठपुतली मधेशवादी दलका नेताहरुका लागि संघियता नेपाली राज्यसत्ताको भ¥याङ्ग मात्रै हो” ।
यस्तै समग्र मधेश, एक प्रदेशको नारा दिने मधेशवादी दलहरु नेपाली सत्तामा पहुँचको लागि पहाडमा संगठन विस्तार गर्न थालेको जनाउँदै मधेशवादी दलहरुको यी कारणहरुले नै तराईलाई नेपाल आफ्नो नागपासमा समेंटर नेपालीकरण गर्न हिमाल र पहाडबाट नेपालीहरुलाई तराईमा बसाइसराई गरि तराईको सभ्यता, सँस्कृति, भाष र परम्परालाई नष्ट गर्न लागि परेका विज्ञप्तिमा उल्लेख गरिएको छ ।
प्रेषित विज्ञप्तिमा अहिले मुक्ति आन्दोलनलाई बदनाम गर्ने संचालित धेरै सशस्त्र समूहहरु सेलाई सकेकोले आफुहरुले क्रान्तिलाई नयाँ ढंगले अगाडि बढाउँदै स्वतन्त्र तराई राष्ट्र प्राप्तिका लागि नयाँ प्रतिबद्धता सहित अगाडि बढिरहेको र सशस्त्र क्रान्तिले क्षणिक धक्का खानु परेपनि अन्तिम विजय सुनिश्चित भएको उल्लेख गरिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
- 2082/12/06 दुई बाल श्रमिकसहित २३ जना कामदारको उद्दार
- 2082/12/06 दुःखमोेचन आश्रममा भगवानको दिब्य प्रतिमा स्थापनाको तयारी
- 2082/12/06 श्रोत नखुलेको २० लाख नेपाली रुपैयाँसहित एक पक्राउ
- 2082/12/04 नाबालिका अपहरण मुद्दामा युवकलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश
- 2082/12/02 उद्घाटन भएको दश महिना वित्न लाग्दा पनि बस पार्क अझै संचालनमा आएन
- 2082/12/02 फागुन महिनाको प्रगति विवरण सार्वजनिक, टोल फ्री नम्बर र १०० नम्बरमा फोन गर्न एसपी गौतमको आग्रह
- 2082/12/01 अटोमा गाँजा तस्करी गरेको अवस्थामा एक महिलासहित दुई पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ