News Category 2072/02/04
मैथिली भाषामा साक्षर अभियान संचालन गराउन खोजेको भन्दै थाकस भत्र्सना
दैनिक संवाददाता
राजविराज, ३ जेठ ।
सघन साक्षर अभियान २०७१ मैथिली भाषामा संचालन गराउन खोजेको भन्दै थारु कल्याणकारिणी सभा सप्तरीले त्यसको भत्र्सना गरेको छ ।
सभाका सभापति अरुण कुमार चौधरीद्वारा जारी विज्ञप्तीमा नेपाल बहुभाषिक, बहुसाँस्कृतिक, बहुधार्मिक राष्ट्र भएको हुनाले सबै जात जातीको भाषा उत्थान हुनको लागि संविधान प्रदत अधिकार हो सो अधिकार कुण्ठित हुने कुनै किसिमको कृयाकलाप संचालन भएकोमा त्यसको विरोध गर्ने जनाएको छ ।
सप्तरी जिल्लामा संचालित साक्षरता अभियानमा पठन पाठनमा विभिन्न भाषा भाषिको लागी कार्यक्रम संचालन हुने उद्देश्यले जिल्ला शिक्षा कार्यालयबाट विभिन्न शैक्षिक संस्थाहरुमा साक्षरता कार्यक्रम संचालन भएको तथा मैथिली साहित्य परिषदवाट उक्त कार्यक्रम मैथिलीमा संचालन गराउनको लागि दवाव स्वरुप कार्यक्रमहरु भएकोमा सभाको गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।
हस्ताक्षरित विज्ञप्तीमा थारु कल्याणकारिणी सभाले थारु बाहुल्य क्षेत्रमा थारु भाषा भाषीको वसोवास क्षेत्रमा थारु भाषाबाट साक्षरता अभियान कार्यक्रम संचालन गरिदिनु हुनको लागि अनुरोध गर्दै थारु भाषाको पाठ्यक्रम अनुसार पाठय पुस्तक पनि तयार भैसकेको हुनाले उक्त पाठयपुस्तक लागु गरिदिनको लागि माँग समेत गरिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
- 2083/01/29 अग्निपीडितलाई उद्योग बाणिज्य र पालिकाको सहयोग
- 2083/01/27 खरानीमा गहना खोज्दै अग्निपीडित
- 2083/01/27 पाँच दिने आईसीटी तालिम सम्पन्न
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ