News Category 2072/02/06
भूकम्प पीडितलाई राजविराजका चिकित्सक तथा औषधी बिक्रेताहरुले राहत बितरण गर्दै
दैनिक संवाददाता
राजविराज, ५ जेठ ।
राजविराजका चिकित्सक तथा औषधी बिक्रेताहरुले रकम संकलन गरि महाभूकम्प पीडितहरुलाई राहत बितरण गर्ने भएका छन् ।
राजविराजस्थित गजेन्द्र नारायण सिंह सगरमाथा अंचल अस्पतालको प्राङणमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा सो अस्पतालका चिकित्सक डा. टेक नारायण मण्डलले चिकित्सक तथा औषधी बिक्रेताहरुबाट ५ लाख ५ हजार रुँपैया संकलन गरि विभिन्न सामाग्रिहरु राहत स्वरुप वितरण गर्ने जानकारी दिनुभयो ।
रकम संकलन गरि ओखलढुङ्गाका ४० परिवार भूकम्प पीडितहरुलाई जस्तापाता ८० बण्डल, थाल ११० थान, गिलास १०० थान, कचौरा १०० थान, बाल्टिन १०० थान, जग १०० थान, सतरन्जि ७५ थान र तन्ना ७५ थान खरी गरिएको डा. मण्डलले जानकारी दिनुभयो ।
डा. मण्डलको नेतृत्वमा डा. दीपा यादव, औषधी बिक्रेताका तर्फबाट उमेश यादव लगायत १० जनाको टोली बुधबार बिहान ओखलढुङ्गा तर्फ प्रास्थान गर्ने जनाइएको छ ।
राहतका लागि जम्मा भएको रकममा डा. टेक नारायण मण्डलले १ लाख ५ सय ५, डा. दीपा यादवले १ लाख ५, डा. शिवशंकर यादवले ५१ हजार २ सय ५५, डा. बिरेन्द्र यादवले ५१ हजार २ सय ५१, कृष्ण कुमार यादवले १० हजार १ सय ५१, विश्वनाथ मण्डलले १० हजार १ सय, रेखा देवले १० हजार १, डा. सत्यदेव गिरी १० हजार, डा. तिर्थनारायण लाल कर्ण १० हजार, डा. बिरेन्द्र कुमार यादव ५ हजार १ सय ५१, डा. दिलिप कुमार साह ५ हजार १ सय २५, निरज फार्मेसी ५ हजार १ सय २५, डा. उषा देव ५ हजार १ सय १, डा. रिधिनाथ प्रसाद मण्डल ५ हजार ५, डा. महेश प्रसाद खनाल ५ हजार १, डा. राजकुमार चौधरी ५ हजार र सूर्य नारायण यादव (कृष्णा एक्स–रे) ५ हजार रकम सहयोग गर्नुभएको छ ।
यसअघि राजविराजस्थित गजेन्द्र नारायण सिंह सगरमाथा अंचल अस्पतालका चिकित्सक तथा कर्मचारीहरुले आ–आफ्नो तलबबाट कटाएर संकलित भएको ३ लाख ८४ हजार रकम प्रधानमन्त्रि दैवी प्रकोप उद्दार कोषमा जम्मा गरिसकेको जनाइएको छ ।
यस्तै जिल्ला दैवी प्रकोप उद्दार समिति सप्तरीमा रहेको करिब ४ लाख बराबरको सामाग्रिहरु पनि बुधबार अस्पतालकै राहत सामाग्रिसँगै बितरण गरिने डा. मण्डलले जानकारी दिनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/09 लामखुट्टे नियन्त्रणका लागि औषधि छर्किने बारे नगरपालिका र प्रशासन कार्यालयमा ज्ञापन
- 2082/12/09 सेनाले मनाए वार्षिकोत्सव
- 2082/12/09 भन्सार छलेका मोटरसाइकलसहित किराना सामान भन्सार बुझाइयो
- 2082/12/09 राजविराज जेसीजलाई “संकल्प टु सक्सेस अवार्ड”
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
- 2082/12/06 दुई बाल श्रमिकसहित २३ जना कामदारको उद्दार
- 2082/12/06 दुःखमोेचन आश्रममा भगवानको दिब्य प्रतिमा स्थापनाको तयारी
- 2082/12/06 श्रोत नखुलेको २० लाख नेपाली रुपैयाँसहित एक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ