News Category 2072/02/09
एक सय एक इनार भएको इनर्वा गाउँको अस्तित्व डुब्दै
शुभ नारायण यादव
राजविराज, ८ जेठ ।
बढ्दो आधुनिकतासंगै सप्तरीको इनर्वा गाविसमा रहेका ऐतिहासिक ईनारहरु अहिले आप्mनो प्राचिन संस्कृति र पहिचान गुमाउँन थालेको छ ।
सप्तरीको पुरानो सदरमुकाम हनुमाननगर भन्दा २ किलोमिटर पश्चिम र हालको सदरमुकाम राजविराज भन्दा १० किलोमिटर पूर्व हुलाकी राजमार्गमा पर्ने इनर्वा गाविसमा जहाँ एक समय यस्तो थियो की टाढा टाढाबाट आउने गरेका बटुवाहरु इनर्वाको इनारको पानि खाएर एकछिन थकाइ मारेर मात्रै जाने गर्थे ।
यस गाविसको प्रत्येक वडामा दर्जर्नौ गरि १ सय १ इनार रहेको थियो । मान्छेहरु दैनिक पानिको काम इनारबाटै चलाउथे । चाहे त्यो नुहाउने होस अथवा पिउने, अथवा लुगाधुने । इनारको पानि खाएपछि शरीर हस्टपुस्ट र निरोगी हुने कुरा पनि बुढापाखाहरुको भनाई एकदमै प्रचलित थियो ।
समय क्रमसंगै ट्यूवेलको बानि लागेपछि मान्छेहरु आधुनिकतासंगै आप्mनो प्राचिन संस्कृति र पहिचान पनि बिर्सिदै गएको देखिन्छ । आप्mनो गाउँको पहिचान नै संकटमा परेको छ ।
गाउँमा भएको इनारको संरक्षण र ममर्त गर्न नसकेर विस्तारै विस्तारै यस गाविसमा इनार पुरीदै गएको छ । पूर्व गाविसका अध्यक्ष अवध मण्डलको भनाइ अनुसार इनारको मर्मत र संरक्षणका लागी कहिकतैबाट सहयोग नपाएर नै यस्तो अवस्था भएको हो ।
गाविसमा बजेट आउछ तर, विभिन्न उपभोक्ता समिति बनाएर सचिवले कमिसन खान मिल्ने किसिमको कार्यक्रमहरु बनाउछन उहाँको आरोप छ । यस्तो एतिहासिक इनारको संरक्षण बारे खासै कसैले चासो नदेखाएको कुरा स्थानिय नेता रामसेबक खँग बताउँछन ।
कुल ८५३ घरधुरी संख्या रहेको यस इनर्वा गाविस.मा ६५०० जनसंख्या रहेको छ । गाविसको कुल क्षेत्रफल २८ वर्ग कि.मि. रहेको छ । ९ वटा वडा भएको यस गाविसमा मण्डल (मघैया धानुक), यादव, कुम्हार पंडित, खत्वे (खँग), सोनार, मुसलमान, मुसहर, बातर (सरदार), चमार, डोम, लोहार, हलुवाई र पहाडि समुदायका मल्ल ठकुरी, शाहलगायतका जातजातिका मान्छेहरुको बसोवास छन ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/03/22 सैनिक जनशक्ति फिर्ता जाने भएपछि स्थानीय उत्रे आन्दोलनमा
- 2082/03/22 सकियो मेयरकप ब्याडमिन्टन
- 2082/03/22 सडक मै ढाट तेर्साएर चक्काजाम
- 2082/03/19 एमाले सप्तरीमा निकै असन्तुष्टि, मन्त्रीले ल्याएको विकास योजनामा आफ्नै नेताहरुबाट बिरोध
- 2082/03/19 एसइईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई सुरुङ्गा नगरपालिकाद्वारा नगदसहित पुरस्कृत
- 2082/03/19 लाखौं मुल्य बराबरको भन्सार छलेका सामानहरु बरामद
- 2082/03/18 भ्रामक समाचार हाल्नेविरुद्ध कानुन अनुसार अघि बढ्ने ः पत्रकार महासंघ सप्तरी
- 2082/03/18 अस्पतालभित्रै महिलामाथि बलात्कारको प्रयास गर्ने पक्राउ
- 2082/03/17 बसको ठक्करबाट बालकको ज्यान गएको बिरोधमा स्थानीयद्वारा सडक अवरुद्ध
- 2082/03/17 आधारभूत पत्रकारिता तालिम सम्पन्न
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ