News Category 2072/02/11
संचालित नीजि विद्यालयहरु बन्द नगराउन अदालतद्वारा आदेश
दैनिक संवाददाता
राजविराज, १० जेठ ।
पुनरावेदन अदालत राजविराजले शिक्षा नियमावली अनुसार अनुमति लिई सप्तरीमा संचालनमा रहेका विद्यालयहरु बन्द नगर्नु नगराउनु अन्तरिम आदेश दिएको छ ।
राजविराजस्थित गुरुकुल इंङलिस बोर्डिङ्ग स्कुलका संचालक संतोष कुमार चमनले जिल्ला शिक्षा कार्यालय सप्तरी बिरुद्ध दिनुभएको उत्प्रेसन परमादेश निवेदन उपर पुनरावेदन अदालत राजविराजका मुख्य न्यायधिश ईश्वर प्रसाद खतिवडा र न्यायधिश राजेश्वर तिवारीको संयुक्त इजलाशले सो आदेश दिएको हो ।
चमनद्वारा दिएको निवेदनमा विद्यालयहरुले शिक्षा ऐन २०२८ को दफा ३ को उप दफा ७ तथा शिक्षा नियमावली, २०५९ को नियम ७(५) बमोजिम आप्mनै श्रोतबाट पूर्व प्राथमिक विद्यालय खोल्ने अनुमति वा स्वीकृति सम्बन्धित गाउँ विकास समिति वा नगरपालिकाकले दिने व्यवस्था बमोजिम अनुमति प्राप्त गरी विद्यालय संचालन गरेको देखिएको भन्दै अदालतले सो आदेश दिएको जनाइएको छ ।
सो आदेशमा भनिएको छ, “संस्थापित विद्यालय बन्द गर्न जिल्ला शिक्षा कार्यालयले प्रकाशित गरेको विवादित सूचनामा विद्यालय बन्द गराउनुपर्ने कानुनी आधार खुलाई सुचना जारी गरेको नदेखिएको जनाउँदै विद्यालय बन्द गर्न केवल ५ दिनको समय दिई जिल्लाका १ सय ५२ वटा विद्यालयको सूचि प्रकाशन गरेको तथा सो अवस्थामा विद्यालयलाई तत्काल बन्द गर्दा गराउँदा विद्यालय खोलि संचालन गर्ने रिट निवेदकको नागरिक अधिकार तथा पठन पाठन गर्न पाउने बालबालिकाको शिक्षा सम्बन्धि अधिकारमा अपूरणीय क्षति पुग्न जाने देखियो ।”
त्यस्तै अगाडी भनिएको छ, “आदेशमा शिक्षा एने २०२८ को दफा ३(७) एवंम शिक्षा नियमावली, २०५९ को नियम ७(५) समेतका कानुन बमोजिम अनुमित वा स्वीकृति प्राप्त गरी संचालनमा रहेका विद्यालय बन्द नगर्नु नगराउनु भनी यो रिट निवेदन किनारा नलागेसम्मका लागि पुनरावेदन अदालत नियमावली, २०४८ को नियम ३३ क. बमोजिम अन्तरिम आदेश जारी गरिएको छ ।”
यसअघि पनि सोही विषयमा रामनरेश दासले दिएको निवदेन उपर पुनरावेदन अदालत राजविराजका मुख्य न्यायाधिश ईश्वर प्रसाद खतिवडाको एकल इजलाशले जेठ ८ गतेसम्म विद्यालय बन्द नगर्न जिल्ला शिक्षा कार्यालय सप्तरीको नाममा अन्तरिम आदेश दिएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
- 2083/01/29 अग्निपीडितलाई उद्योग बाणिज्य र पालिकाको सहयोग
- 2083/01/27 खरानीमा गहना खोज्दै अग्निपीडित
- 2083/01/27 पाँच दिने आईसीटी तालिम सम्पन्न
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ