News Category 2072/02/12
मावि खुरहुरियामा दुई शिक्षक समुहबिच झडप
दैनिक संवाददाता
राजविराज, ११ जेठ ।
जनता मावि खुरहुरियामा काज सरुवा भएका शिक्षक जर्वजस्ती हाजिर हुन आएको विषयलाई लिएर सोमबार दुई समुहबिच दोहोरो झडपको स्थिति श्रृजना भएको छ ।
काज सरुवा भएर आएका शिक्षक महेश यादवसहितको २५÷३० जनाको एक समुह विद्यालयमा पुगेर विद्यालयका प्रअ सुर्य नारायण यादव र शिक्षक प्रतिनिधि रामेन्द्र यादव विद्यालय बाहिर निकालेर जर्वजस्ती विद्यालयमा पुगेर हो–हल्ला गरी हाजिरी गर्न खोजेका थिए । सोही क्रममा विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरुले शिक्षकलाई हाजिरी गर्न दिएपछि भएको झडपमा शिक्षक महि नारायण यादव घाईते समेत भएको विद्यालय व्यस्थापन समितिका अध्यक्ष जय नारायण यादवले जानकारी दिनुभयो ।
यसैबिच सो निर्णय तथा घटनाको बारेमा जिल्ला शिक्षा कार्यालय सप्तरीलाई समेत जानकारी गराईसकेको अध्यक्ष यादवले जानकारी दिनुभयो ।
यसअघि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जय नारायण यादवको अध्यक्षतामा सम्पन्न बैठकले नीजि श्रोतको प्रावि तहको शिक्षकको तलब भत्ता विद्यालय कोषबाट दिन समस्या भएको भन्दै नीजि श्रोतका शिक्षक नराख्ने भनि सर्वसम्मत निर्णय गरेको थियो ।
त्यस्तै २०७१ सालको छात्रवृति वितरणको लागि विद्यार्थी उपस्थिति तथा त्रैमासिक, अर्धवार्षिक र बार्षिक परीक्षाको आधारमा वितरण गरिने, जिल्ला शिक्षा कार्यालयद्वारा उक्त विद्यालयलाई प्राप्त बाहिरी वातावरण जस्तै बाउन्ड्री वाल निमार्णको रकमबाट विद्यालयको चार कोठे भवन देखि उत्तर पटीको ब्लकसम्म निमार्ण गर्न विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरुलाई जिम्मेवारी दिनुका साथै राहत दरबन्दीमा अन्य विद्यालयबाट सरुवा भई आएका शिक्षकलाई हाजिर नराउँने निर्णय समेत सर्वसम्मत गरिएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
- 2083/01/29 अग्निपीडितलाई उद्योग बाणिज्य र पालिकाको सहयोग
- 2083/01/27 खरानीमा गहना खोज्दै अग्निपीडित
- 2083/01/27 पाँच दिने आईसीटी तालिम सम्पन्न
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ