News Category 2072/02/13
एक महिनाको अवधीमा साना र ठूला गरी २० हजार भन्दा बढी भूकम्पका धक्का
दैनिक संवाददाता
राजविराज, १२ जेठ ।
वैशाख १२ गते ११ बजेर ५६ मिनेटमा गोरखाको बार्पाकलाई केन्द्र बनाएर ७.८ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको मंगलबार एक महिना पुगेको छ ।
सो विनाशकारी भूकम्पबाट झण्डै ९ हजारको मृत्यु भएको थियो भने झण्डै २० हजार व्यक्ति घाइते भएका थिए । सोही भूकम्पबाट करिब ५० लाख मानिसहरु प्रभावित भएका छन् । त्यसपछि लगातार पराकम्पन आइरहेको छ ।
यस्तै मंगलबार दिउँसो २ बजेर ११ मिनेटमा दोलखालाई केन्द्र बनाएर ४.३ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
लगातारको पराकम्पनकै क्रममा वैशाख २९ गते ७.४ (राष्ट्रिय भूकम्प मापन केन्द्रले ६.८) रेक्टर स्केलको भूकम्प गएको थियो । जसले दोलखामा ठूलो क्षति पुगेको छ ।
केन्द्रका अनुसार चार रेक्टर स्केलभन्दा माथिका २ सय ५९ भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रले ४ भन्दा कम रेक्टर स्केलका भूकम्पहरुको विवरण सार्वजनिक गरेको छैन ।
‘सुरुका दिनमा दैनिक एक हजारदेखि १३ सयसम्म ससाना कम्पन जान्थे । अहिले ३ सयसम्म छ’ केन्द्रका प्रमुख लोकविजय अधिकारीले भन्नुभयो–‘यो रेकर्ड भएपनि हामीले सार्वजनिक गरेका छैनौं । यसको खास अर्थ पनि छैन ।’
विगतमा पनि एक दिनमा ससाना भूकम्प १० र १२ वटासम्म जान्थ्यो । जुन, आममानिसलाई महसुस नै हुँदैनथ्यो । वैशाख १२ को शक्तिशाली भकम्पपछि एक महिनामा साना र ठूला गरी २० हजार भन्दा बढी धक्का गएको छ ।
ठूलो भूकम्प गएपछि लगातार पराकम्पनहरु जानु स्वभाविक भएको विज्ञहरुले बताएका छन् । यस्ता पराकम्पनबाट आत्तिन नहुने तर, सतर्क भने रहनु पर्ने उनीहरुको सुझाव छ ।
नेपाल प्रहरीका अनुसार विनाशकारी भूकम्पमा परी अहिलेसम्म ८ हजार ६ सय ६४ जनाको मृत्यु भएको पुष्टि भएको छ ।
झण्डै २२ हजार घाइते भएका छन् । ५ लाख ७ हजार १७ घर पूर्ण रुपमा ध्वस्त भएका छन् । २ लाख ६९ हजार १९० घरमा आंशिक क्षति पुगेको छ । भूकम्पले सबैभन्दा बढी प्रभावित सिन्धुपाल्चोकमा भूकम्पले अधिंकाश घर भत्किएका छन् भने बाँकी घरमा पनि क्षति पुगेको छ । भूकम्प प्रभावित क्षेत्रमा सरकार अहिले पुननिर्माण अभियानमा जुटेकोको कुरा अनलाइनखबर डटकमले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
- 2082/06/15 छिन्नमस्ता मन्दिर परिसरमा सेनाद्वारा निर्मित शिव मन्दिरको उद्घाटन
- 2082/06/14 सप्तरीका धार्मिकस्थलमा भक्तजनको भीड
- 2082/06/17 सुख्खा तथा खडेरी प्रभावित किसानहरुलाई राहत उपलब्ध
- 2082/06/12 एकल महिलाको सहारा बन्दै जुही
- 2082/06/12 याडियाको स्कुटर सप्तरीको बजारमा
- 2082/06/10 आन्दोलनका क्रममा दलका पार्टी कार्यालय, नेता र जनप्रतिनिधिको निवासमा गरि एक करोडको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ