News Category 2072/02/13
बढ्दो गर्मीसँगै आँखा अस्पतालमा बिरामीहरुको संख्यामा बृद्धि
शुभ नारायण यादव
राजविराज, १२ जेठ ।
प्रचण्ड गर्मी तथा हावाहुरीका कारण सगरमाथा चौधरी आँखा अस्पताल केन्द्र मलेठमा बिरामीहरुको संख्यामा निकै बृद्धि भएको छ ।
बढ्दो गर्मी तथा हावाहुरीका कारण अहिले दिनहुँ सबैभन्दा बढी आँखा पाक्ने र एलर्जीका बिरामीहरु आउँने गरेको केन्द्रका प्रमुख राम कुमार झाले जानकारी दिनुभयो । उहाँका अनुसार मंगलबार मात्र १ सय ३ जना बिरामीहरुको चेकजाँच तथा औषधि उपचार गरिएको थियो ।
जसमध्ये २१ जना आँखा पाक्ने, २५ जना चस्मा जाँच दृष्टि, मोतिया बिन्दुका १२ जना र रतौनीका ४ जना बिरामीहरुको चेकजाँच गरिएको छ । जसमध्ये ६ जना मोतिया बिन्दु र ४ जना रतौनीका बिरामीलाई थप उपचारको लागि अर्थात अप्रेशन गर्नका लागि लहान पठाईएको उहाँले जानकारी दिनुभयो ।
केन्द्रले प्रत्येक दिन ९० देखि १ सय जना बिरामीहरुलाई चेकजाँच गर्ने गरिएपनि गर्मीको शुरुवातसँगै हाल दिनहुँ बिरामीहरुको संख्यामा समेत बृद्धि भएको उहाँले जानकारी दिनुभयो ।
उक्त केन्द्रमा जनवरी २०१५ देखि में २६ तारिख अर्थात हाल सम्ममा ९ हजार २ सय ९८ जना बिरामीहरुलाई चेकजाँच तथा औषधि उपचार गरीएको केन्द्रका प्रमुख झाले जानकारी दिनुभयो । जसमध्ये ७ सय ३० जना मोतिया बिन्दुका बिरामी तथा १ सय ३२१ जना रतौनीका बिरामीहरुको चेकजाच तथा औषधि उपचार गरीएको छ ।
प्रचण्ड गर्मी, खानपिन, आँखामा चोटपटक तथा आँखाको अरु बिरामीका कारण खासगरी मोतिया बिन्दु रोगको संक्रमण देखिएको तथा अधिकांश बालबालिकाहरुमा रतौनी रोग लाग्ने गरेको केन्द्र प्रमुख झाको भनाई रहेको छ ।
मुलुकमा मोतिया बिन्दुका कारण अन्धो हुनेको संख्यामा समेत बृद्धि भएको जानकारी दिनुहुँदै केन्द्र प्रमुख झाले मोतिया बिन्दुका बिरामीहरुको यहाँ उपचार हुन नसकेपछि सगरमाथा चौधरी आँखा अस्पताल लहान अप्रेशनको लागि पठाउँने गरेको उहाँले जानकारी दिनुभयो ।
हाल सो अस्पतालमा एक जना केन्द्र प्रमुख दुई जना आँखा स्वास्थ्य कार्यकर्ता, एक जना स्विपर, एक जना गार्ड र एक जना पार्ट टाईमर गरी ६ जना कर्मचारीहरु कार्यरत रहेका छन ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ