News Category 2070/04/12
फुटबल संघ सप्तरीको बिवाद पुनः बल्झियो
दैनिक संवाददाता
राजविराज, ११ साउन ।
जिल्ला फुटबल संघ सप्तरीमा पुनः बिवाद बल्झिएको छ । गोप्य रुपमा फुटबल संघ सप्तरीको अध्यक्ष देबेन्द्रमान सिंह बस्नेतले साधारणसभा गरी आफ्नै नेतृत्वमा नयाँ कार्यसमिति गठन गरेको सार्वजनिक भएपछि संघको बिवाद पुनः बल्झिएको हो ।
करिब चारबर्ष अघि पनि जिल्ला फुटबल संघ सप्तरीमा बस्नेत र पियुष श्रेष्ठको समुहले आधिकारिता सम्बन्धि बिवाद साम्य भएपनि पुनः संघ बिवादमा फसेको छ ।
गोप्य रुपमा साधारणसभा गरी बस्नेतले आफ्नै नेतृत्वमा कार्यसमिति बनाएको भन्दै असन्तुष्ट समुहले त्यसको सत्यतथ्य छानविन गर्न माग गरेका छन् ।
संघमा आबद्ध कल्बहरुलाई जानकारी नदिई गोप्य रुपमा साधारणसभा गरेको भन्दै मान्यता नदिन अखिल नेपाल फुटबल संघ (एन्फा) सँग उहाँहरुले माग गरेका छन् ।
एन्फाले सबै जिल्ला फुटबल संघहरुलाई साउन २० गते सम्म बिधान बमोजिम साधारणसभा गराउन निर्देशन दिएपछि गोप्य रुपमा बस्नेतले आफ्ना निकटहरुलाई बोलाएर साधारणसभा गराएको गोर्खाली क्ल्बका अध्यक्ष दिनेश प्रसाद साहले बताउनुभयो ।
साधारणसभा गाराउनु अघि फुटबल खेलसँग आबद्ध क्ल्बहरुलाई कम्तीमा ७ दिनअघि सम्म सार्वजनिक सुचना जारी गर्नुपर्ने बिधानमा व्यवस्था रहेपनि संघले सो व्यवस्थालाई बेवास्ता गरी एकपक्षीय र गोप्यढंगबाट साधारणसभा गरी कमिटी गरेको साहले बताउनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
- 2082/12/06 दुई बाल श्रमिकसहित २३ जना कामदारको उद्दार
- 2082/12/06 दुःखमोेचन आश्रममा भगवानको दिब्य प्रतिमा स्थापनाको तयारी
- 2082/12/06 श्रोत नखुलेको २० लाख नेपाली रुपैयाँसहित एक पक्राउ
- 2082/12/04 नाबालिका अपहरण मुद्दामा युवकलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश
- 2082/12/02 उद्घाटन भएको दश महिना वित्न लाग्दा पनि बस पार्क अझै संचालनमा आएन
- 2082/12/02 फागुन महिनाको प्रगति विवरण सार्वजनिक, टोल फ्री नम्बर र १०० नम्बरमा फोन गर्न एसपी गौतमको आग्रह
- 2082/12/01 अटोमा गाँजा तस्करी गरेको अवस्थामा एक महिलासहित दुई पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ