News Category 2070/04/12
फुटबल संघ सप्तरीको बिवाद पुनः बल्झियो
दैनिक संवाददाता
राजविराज, ११ साउन ।
जिल्ला फुटबल संघ सप्तरीमा पुनः बिवाद बल्झिएको छ । गोप्य रुपमा फुटबल संघ सप्तरीको अध्यक्ष देबेन्द्रमान सिंह बस्नेतले साधारणसभा गरी आफ्नै नेतृत्वमा नयाँ कार्यसमिति गठन गरेको सार्वजनिक भएपछि संघको बिवाद पुनः बल्झिएको हो ।
करिब चारबर्ष अघि पनि जिल्ला फुटबल संघ सप्तरीमा बस्नेत र पियुष श्रेष्ठको समुहले आधिकारिता सम्बन्धि बिवाद साम्य भएपनि पुनः संघ बिवादमा फसेको छ ।
गोप्य रुपमा साधारणसभा गरी बस्नेतले आफ्नै नेतृत्वमा कार्यसमिति बनाएको भन्दै असन्तुष्ट समुहले त्यसको सत्यतथ्य छानविन गर्न माग गरेका छन् ।
संघमा आबद्ध कल्बहरुलाई जानकारी नदिई गोप्य रुपमा साधारणसभा गरेको भन्दै मान्यता नदिन अखिल नेपाल फुटबल संघ (एन्फा) सँग उहाँहरुले माग गरेका छन् ।
एन्फाले सबै जिल्ला फुटबल संघहरुलाई साउन २० गते सम्म बिधान बमोजिम साधारणसभा गराउन निर्देशन दिएपछि गोप्य रुपमा बस्नेतले आफ्ना निकटहरुलाई बोलाएर साधारणसभा गराएको गोर्खाली क्ल्बका अध्यक्ष दिनेश प्रसाद साहले बताउनुभयो ।
साधारणसभा गाराउनु अघि फुटबल खेलसँग आबद्ध क्ल्बहरुलाई कम्तीमा ७ दिनअघि सम्म सार्वजनिक सुचना जारी गर्नुपर्ने बिधानमा व्यवस्था रहेपनि संघले सो व्यवस्थालाई बेवास्ता गरी एकपक्षीय र गोप्यढंगबाट साधारणसभा गरी कमिटी गरेको साहले बताउनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ