News Category 2072/02/15
मुद्दाको नक्कल च्यातेर भाग्न खोज्दा माझि पक्राउ
दैनिक संवाददाता
राजविराज, १४ जेठ ।
पुनरावेदन अदालत राजविराजले गरेको फैसला पत्रलाई च्यातेर भाग्न खोज्ने एक ब्यक्तिलाई बिहीवार अदालतकै कर्मचारीहरुले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरीको कटैया गाविस ४ का ३० वर्षिय लक्ष्मण माझी रहेका छन् ।
पुनरावेदन अदालतका मुख्य न्यायाधिश ईश्वरप्रसाद खतिवडाले फैसला पत्र च्यातेर भाग्ने माझीलाई अदालतको अवहेलना गरेको भन्दै बिहीवारै दुई दिन थुनामा राख्ने आदेश सुनाएको छ ।
‘अदालतको अवहेलनामा कारबाही भई सजाय हुने प्रकृतिको कार्य देखिएको छ’, अदालतको आदेशमा भनिएको छ, ‘माझीको बयान गराई सुनुवाई प्रक्रिया अगाडी बढाउन देखिएकोले दुई दिन नियन्त्रणमा राखी आउँदो जेष्ठ १७ गते १० बजे अदालतमा हाजिर गराउनु ।’
कटैया गाविसकै पुनरावेदक अधिकलाल माझी, प्रत्यार्थी बौनी माझीसमेत भएको संयुक्त दर्ता फुटाई पाउँ भनि मुद्दा पुनरावेदन अदालतमा दर्ता भएको थियो । सोही मुद्दाको फैसला पत्रको नक्कल माग गर्ने क्रममा नक्कल पत्रको अन्तिम पाना च्यातेर भाग्न खोज्दा माझीलाई अदालतका कर्मचारीहरुले पक्राउ गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
- 2083/01/29 अग्निपीडितलाई उद्योग बाणिज्य र पालिकाको सहयोग
- 2083/01/27 खरानीमा गहना खोज्दै अग्निपीडित
- 2083/01/27 पाँच दिने आईसीटी तालिम सम्पन्न
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ