News Category 2072/02/15
ईटहरी बिष्णुपुरका किशोरीहरु महिनाबारी हुँदा खुल्लेर प्याड प्रयोग गर्दै
शुभनारायण यादव
राजविराज, १४ जेठ ।
जनता मावि ईटहरी बिष्णुपुर हाटीका किशोरीहरु महिनाबारी हुदाँ खुलेर सेनेट्री प्याड माँग्न थालेकी छिन ।
अहिलेपनि जिल्लाको ग्रामिण भेगका किशोरीहरु महिनाबारी हुदाँ प्याड प्रयोग नगर्ने बानि रहेपनि तर, जनता मावि ईटहरी बिष्णुपुर हाटीका किशोरीहरु खुल्लेआम महिनाबारी हुदाँ चाहिने जति प्याड माँगेर प्रयोग गर्ने गरेकी छिन ।
सेभ द सप्तरी तथा सेभ द चिल्डे«नको संयुक्त साझेदारीमा संचालित परियोजना प्रायोजित कार्यक्रम अन्र्तगत महिनाबारी सरसफाई दिवस मनाउँनको लागि बिहिबार आयोजित महिनाबारी सरसफाई अभिमुखीकरण कार्यक्रममा सहभागि विद्यालयका कक्षा ८, ९ र १० का किशोरीहरुले खुलेर महिनाबारी हुँदा प्याड प्रयोग गर्ने गरेको बताईन ।
सो अभिमुखीकरण कार्यक्रममा सहभागि कक्षा १० मा अध्ययनरत संजु कुमारी यादव भन्छिन, “यसअघि महिनाबारी हुँदा विद्यालय नै नआउँने गरेको तथा संस्थाले आफु किशोरीहरुका लागि यस्तो चेतनामुलक कार्यक्रमहरु संचालन गरेपछि अहिले खुल्लेर महिनाबारी हुँदा प्याडको प्रयोग गर्ने गरेको छु ।”
उनीजस्तै ममता कुमारी मण्डलको पनि यस्तै भनाई रहेको छ । उनी भन्छिन, “अहिलेपनि ग्रामिण भेगका युवती तथा किशोरीहरु महिनाबारी हुँदा सेनेट्री प्याडको सटा पुरानो कपडा प्रयोग गर्ने गरेका छन् । जसका कारण महिनाबारी हुँदा पुरानो कपडाको प्रयोगले विभिन्न खाले रोगहरु समेत लाग्ने गरेको छ ।”
आफुहरु नियमित रुपमा महिनाबारी हुँदा प्याडको प्रयोग गर्दै आएको तथा गाउँका अन्य किशोरी तथा युवतीहरुलाई पनि महिनाबारी हुँदा सफा, स्वच्छ रहनका लागि प्याडको प्रयोग गर्न आग्रह समेत गर्छिन कक्षा ९ मा अध्ययनरत ललिता कुमारी साह । सो तालिममा सहभागि अधिकांश किशोरीहरुले महिनाबारी हुँदा आफुहरुले खुल्लेर प्याडको प्रयोग गर्दै आएको बताईन ।
सो अभिमुखीकरण कार्यक्रममा सेभ द चिल्डे«नकी ललिता दास , स्वास्थ्य चौकी ईटहरी बिष्णुपुरकी अनमि ज्योति यादव, शिक्षिका मुन्नी झा, सेभद सप्तरीका फिल्ड अधिकृत नविन प्रसाद चौधरी, संतोष कुमार यादव, पत्रकार शुभ नारायण यादव सहितले सहभागि किशोरीहरुलाई महिनाबारी हुँदा प्याडको प्रयोग बारेमा जानकारी दिनुभएको थियो ।
उक्त अभिमुखीकरणमा उक्त विद्यालयका कक्षा ८, ९ र १० का ५० जना किशोरीहरुको सहभागिता रहेको तथा सहभागिहरुलाई एक एक प्याकेट प्याड समेत प्रदान गरेको सेभ द सप्तरीका सामाजिक परिचालक घुरण यादवले जानकारी दिनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ