News Category 2072/02/17
बोरियाका दलित बालबालिका शिक्षाको पहुँचबाट अझै टाढा
शुभ नारायण यादव
राजविराज÷सरकारले शिक्षामा अरबौको लगानी गरेपनि सप्तरीको एक दलित बस्तीका बालबालिकाहरुको अझै पनि शिक्षामा पहुँच हुन नसक्दा सरकारको ती लगानी बालुवामा पानी हाले सरह भएको छ ।
शिक्षा क्षेत्रमा सरकारले दलित बालबालिकाहरुलाई बढी केन्द्रित गरी अरबौं लगानी शिक्षामा गरेपनि सप्तरीको बोरीया गाविस वडा नं. ९ कट्टी टोलका दलित बालबालिकाहरु अझै पनि शिक्षाको पहुँचबाट टाढा रहेका छन् ।
बोरीया गाविस ९ कट्टी टोलमा करिब ५० परिवार दलित मध्ये एकै परिवारका दुईजना मात्र उच्च शिक्षा हासिल गरेका छन् । करिब २ सय बालबालिका रहेको उक्त दलित (खत्बे) टोलमा एक परिवारका छोराछोरी मात्र उच्च शिक्षा अध्ययन गरेका छन् । सिंगो टोलमै स्थानीय छोटकैन खंग मण्डलका छोरा पशुपति खंग मण्डल र छोरी आशा कुमारी खंग मात्र उच्च शिक्षा अध्ययन गरेका हुन् ।
सो दलित बस्तीमा आफ्ना छोराछोरी मात्र एसएलसी उत्तीर्ण गरेर उच्च शिक्षा हासिल गरेको प्रति खुशी व्यक्त गर्छन्, छोटकैन खंग । घरको आर्थिक अवस्था नाजुक रहेपनि छोटकैनले आफू मजदुरी गरेर पनि आफ्ना छोराछोरीलाई उच्च शिक्षा हासिल गराएका हुन् ।
ती सिंगो दलित बस्तीमा आफ्ना छोराछोरी मात्र शिक्षित रहेका कारण त्यहाँका स्थानीयवासीहरुले आफ्नो छोराछोरीलाई समाजले पनि सकारात्मक तरिकाले हेर्ने गरेको प्रति आफूले लगाएको लगानी तथा छोराछोरी प्रति गर्व गर्छन् छोटकैन खंग ।
त्यहाँका दलित परिवारमा सामान्य मोबाइल नम्बर समेत लेखाउनु प¥यो भने त्यहाँका स्थानीयहरुले आफ्नो छोराछोरीलाई नै खोज्ने गरेको उहाँले बताउनुभयो ।
सरकारले अरबौंको लगानी शिक्षा क्षेत्रमा गरेपनि त्यहाँका दलित परिवारका लागि पानीमा वालुवा हाले झैं भएको छ । घरको आर्थिक अवस्था कमजोर भएका कारण त्यहाँका दलित बालबालिकाहरु शिक्षाको पहुँचबाट टाढा रहेको स्थानीयवासीहरु बताउँछन् ।
त्यहाँका दलित बालबालिकाहरु विद्यालय जानुको सट्टा दिनभरी घरमै खेलेर अथवा अरुको खेतमा गएर काम गर्नुका साथै गाई, भैंसी, गोरु चराएर दिन काट्न बाध्य छन् ।
सरकार तथा सम्बन्धित पक्षले दलित बालबालिकाहरुलाई शिक्षाको पहुँचसम्म पु¥याउनु आवश्यक छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/09 लामखुट्टे नियन्त्रणका लागि औषधि छर्किने बारे नगरपालिका र प्रशासन कार्यालयमा ज्ञापन
- 2082/12/09 सेनाले मनाए वार्षिकोत्सव
- 2082/12/09 भन्सार छलेका मोटरसाइकलसहित किराना सामान भन्सार बुझाइयो
- 2082/12/09 राजविराज जेसीजलाई “संकल्प टु सक्सेस अवार्ड”
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
- 2082/12/06 दुई बाल श्रमिकसहित २३ जना कामदारको उद्दार
- 2082/12/06 दुःखमोेचन आश्रममा भगवानको दिब्य प्रतिमा स्थापनाको तयारी
- 2082/12/06 श्रोत नखुलेको २० लाख नेपाली रुपैयाँसहित एक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ