News Category 2072/02/19
सघन साक्षर अभियान असफल हुने संकेत
नवीनकुमार गुप्ता
राजविराज, १८ जेठ ।
जिल्ला शिक्षा कार्यालय सप्तरीद्वारा संचालित “सघन साक्षर सप्तरी अभियान २०७१” कागजमै सीमित हुने भएको छ ।
सप्तरीका १ लाख २ सय ४३ जना निरक्षरलाई साक्षर गर्ने उद्देश्यले सो साक्षर कार्यक्रम गत फाल्गुन महिनाको अन्तिम सातादेखि नै संचालन हुने २०७१ साल माघ २१ गते जिल्ला शिक्षा कार्यालय सप्तरीमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो । तर, २०७२ साल जेठ महिनाको तेश्रो सातासम्ममा पनि कतिपय गाविसहरुमा कक्षा संचालन हुन सकेको छैन् ।
सोमबार राजविराज दैनिकलाई टेलिफोनमा जानकारी दिँदै जिल्ला शिक्षा अधिकारी लक्ष्मी प्रसाद भट्टराइले कक्षा संचालनमा ढिलाई हुने कारणमा पूर्ण रुपले निरक्षरको तथ्याङ नआएको बताउनुभयो ।
अधिकारी भट्टराईले भन्नुभयो, “शिक्षा कार्यालयले दिएको निरक्षरको तथ्याङ छुटेको भन्दै संघसंस्थाहरुले आफूखुशी पुनः तथ्याङ ल्याएपछि सो अनुसार रकम निकासा गरेर कक्षा संचालन भइरहेको छ ।” उहाँले भन्नुभयो, “शिक्षा कार्यालयसँग जनशक्तिको अभाव रहेको हुँदा संघसंस्थाहरुले ल्याएको तथ्याङलाई रुजु गर्न नसकिएपछि संघसंस्थाले ल्याएको तथ्याङकै आधारमा सो अभिया संचालन गरिएको हो ।”
उहाँले भन्नुभयो, “संघस्थाहरुले तथ्याङ बढाएर ल्याएपछि जिल्लामा करिब ४७ हजार भन्दा बढी निरक्षरको संख्या बढेको छ, र सो अनुसार केन्द्रबाट थप बजेटको निकासा माग गरिएको छ ।” सोही कारणले गर्दा जिल्लाको चार वटा नगरपालिका करिब ४० वटा वडा र ६ वटा गाविसमा हालसम्म कार्यक्रम संचालन हुन नसकेको प्रष्ट पार्नुभयो ।
“एक लाख २ सय ४३ जना निरक्षरलाई साक्षर बनाउने अभियान रहेको हुँदा ९२ हजार ६ सय ३४ जनालाई संघसंस्था मार्फत तथा बाँकी रहेका निरक्षरलाई विद्यार्थी मार्फत साक्षर बनाउन लगाइएको छ ।”
बाँकी रहेका निरक्षलाई साक्षर बनाउने जिम्मेवारी कक्षा ९ र १० का विद्यार्थीहरुको रहेको उहाँले जानकारी दिनुभयो । निरक्षरलाई साक्षर बनाउँदा विद्यार्थीहरुले जनसंख्या तथा वातावरण विषयमा प्रयोगात्मक नम्बर पाउने जिशिअ भट्टराईले बताउनुभयो ।
उहाँले कक्षा संचालनमा ढिलाई भएको स्विकार गर्दै दैनिकी डेढ घण्टाको दरले तीन महिनामा जम्मा १ सय ८० घण्टा कक्षा संचालन हुने जानकारी दिनुभयो । यदि असार मसान्त सम्ममा कक्षा समाप्त नभएको खण्डमा दैनिक डेढ घण्टाको साटो तीन घण्टासम्म पनि कक्षा संचालन गरेर अभियान सफल पार्ने जिशिअ भट्टराइले अठोट गर्नुभयो । त्यसमा पनि कक्षा नसकिए आर्थिक वर्ष २०७२÷७३ को साउन महिनामा पनि कक्षा संचालन हुने उहाँले जानकारी दिनुभयो ।
गत वर्ष जिल्लाको १९ वटा गाविसमा निरक्षरलाई साक्षर बनाउने अभियान चलेको थियो तर यस वर्ष पनि साक्षर भएका गाविसबाट निरक्षरको तथ्याङ आइरहेकोमा गत वर्षको अभियान पूर्ण रुपले असफल भएको छ । यस सम्बन्धमा जिशिअ भट्टराईले गत वर्ष संचालन भएको अभियान असफल भएकोमा दुःख व्यक्त गर्नुहुँदै यस वर्ष सो अवस्था नआउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
संघसंस्थाहरुलाई अनुगमनका लागि सूचना प्रकाशित गर्दा पनि सम्झौता गर्न नआएको गुनासो समेत उहाँले व्यक्त गर्नुभयो । उहाँले कक्षा संचालन भइरहेका गाविसहरुमा अनुगमन गर्ने कार्यलाई चाडै सुरु गर्ने जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “कतिपय संघसंस्थाहरुले शिक्षा कार्यालयबाट गरेको सम्झौता अनुसार पाठ्यपुस्तकमा समेत कटौती गरेको आफूलाई मौखिक जानकारी आएको छ ।”
यता कतिपय साक्षरता अभियान संचालन गर्ने संघसंस्थालाई पनि अनुगमन गर्ने जिम्मेवारी समेत दिइएको छ । यसमा नेपाल पत्रकार महासंघ जस्तो “वाचडग” को रुपमा रहने संस्थाका पत्रकारहरु स्वयम साक्षरता अभियान संचालन गर्ने र त्यसको अनुगमन समेत गर्ने कार्यले अभियानको विश्वसनियता प्रति प्रश्न चिन्ह खडा भएको छ ।
एक अर्को प्रश्नको जवाफमा जिशिअ भट्टराईले जिल्लामा साक्षर अभियान सफल पार्न शिक्षा कार्यालयको मात्र दायित्व नभएको भन्दै सम्पूर्ण संघसंस्था समेतले इमान्दारीपूर्वक आफ्नो भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो ।
यसैगरि सम्पूर्ण साक्षर कक्षामा मैथिली पुस्तक नै अनिवार्य रुपमा निरक्षहरुलाई दिनुपर्ने भन्दै त्यसको कार्यान्वयन नभएमा त्यस्ता संस्थाहरुलाई कारवाही समेत गर्न सक्ने चेतावनी दिनुभयो । उहाँले भन्नुभयो, “संघसंस्थाहरुले मैथिली पुस्तक नै कक्षामा प्रयोग गर्ने सम्झौत गरेका छन् ।”
सप्तरीमा हाल सम्ममा कुल जनसंख्याको महिला ३ लाख २५ हजार ४ सय ३८ जना, पुरुष ४ लाख १३ हजार ८ सय ४७ गरी कुल ६ लाख ३९ हजार २ सय ८४ जना मध्ये ५४.५ प्रतिशत साक्षर रहेका छन भने कुल जनसंख्याको ६७ प्रतिशत पुरुष र ४२.६ प्रतिशत महिला साक्षर रहेको जनाइएको छ ।
सरकारले सघन साक्षर सप्तरी अभियान २०७१ का लागि ५ करोड ६३ लाख ७७ हजार ९ पैसा बजेट बिनियोजित गरी २०७१ सालभित्र सप्तरी जिल्लालाई पुर्ण साक्षर बनाउँने लक्ष्य रहेको जिशिअ भट्टराईले बताउनुभयो ।
सो अभियानका लागि जिल्लाका ४ हजार ६ सय ४५ साक्षर सहजकर्तालाई तालिम तथा त्यसका लागि ४ सय ६४ जना साक्षर अनुगमनकर्ता तालिम दिईएको उहाँले जानकारी दिनुभयो ।
त्यस्तै साक्षर सहजकर्ताहरुका लागि प्रति महिना दुई हजार र अनुगमनकर्तालाई प्रति महिना दुई हजार पाँच सय प्रदान गरिने जानकारी दिदै जिशिअ भट्टराईले सघन साक्षर सप्तरी अभियान २०७१ लाई सफल पार्नका लागि जिल्लाका सम्पुर्ण सरोकारबाला निकायहरुसँग अनुरोध समेत गर्नुभएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
- 2082/10/14 नेपालकै पुरानो चन्द्रनहरको ३२ स्थानमा पुनर्निमाण कार्य सकाएर जापानद्वारा नेपाललाई हस्तान्तरण
- 2082/10/14 एकै रात प्रहरीका घरदेखि साईकल मरम्मतका पसल सम्म चोरी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ