News Category 2072/02/20
“किशोरीहरु प्याड माग्न संकोच मान्दैनन्”
शुभनारायण यादव
राजविराज, १९ जेठ ।
सप्तरीको रुद्र नारायण मावि गोरगामा रंजितपुरका किशोरीहरु महिनाबारी हुदाँ सेनेट्री प्याड माँग्न अलिकति पनि संकोच मान्दैनन ।
अहिलेपनि जिल्लाको ग्रामिण भेगका किशोरीहरु महिनाबारी हुदाँ प्याड प्रयोग नगर्ने बानि रहेपनि तर, रुद्र नारायण मावि गोरगामा रंजितपुरका किशोरीहरु खुल्लेआम महिनाबारी हुदाँ चाहिने जति प्याड माँगेर प्रयोग गर्ने गरेकी छिन ।
दलित जनजागरण सेवा समितिले उक्त विद्यालयमा महिनाबारी सरसफाई सम्बन्धि त्यहाँका किशोरीहरुलाई तालिम प्रदान गरी सो विद्यालयलाई दुई सय सेनेट्री प्याड सहयोग गरेको थियो ।
विगत ६ महिना अघि उक्त विद्यालयलाई दुई सय प्याकेट प्याड सहयोग गरेकोमा हाल ५ वटा प्याकेट मात्र प्याड रहेको विद्यालयकी शिक्षिका मिरा यादवले जानकारी दिईन ।
यसअघि त्यहाँका किशोरीहरु लाजका कारण खुलेर प्याड नमाँगे पनि हाल आएर खुल्लेआम रुपमा अलिकति पनि संकोच नमानिकन प्याड माँग्न थालेको शिक्षिकाले बताईन ।
कक्षा १० मा अध्ययनरत सुस्मिता कुमारी यादव भन्छिन, “यसअघि महिनाबारी हुँदा विद्यालय नै नआउँने गरेको तथा संस्थाले आफु किशोरीहरुका लागि यस्तो चेतनामुलक कार्यक्रमहरु संचालन गरेपछि अहिले खुल्लेर महिनाबारी हुँदा प्याडको प्रयोग गर्ने गरेको छु ।”
उनीजस्तै कक्षा ८ मा अध्ययनरत पार्वती कुमारी शर्माको पनि यस्तै भनाई रहेको छ । उनी भन्छिन, “अहिलेपनि ग्रामिण भेगका युवती तथा किशोरीहरु महिनाबारी हुँदा सेनेट्री प्याडको सटा पुरानो कपडा प्रयोग गर्ने गरेका छन् । जसका कारण महिनाबारी हुँदा पुरानो कपडाको प्रयोगले विभिन्न खाले रोगहरु समेत लाग्ने गरेको छ ।”
आफुहरु नियमित रुपमा महिनाबारी हुँदा प्याडको प्रयोग गर्दै आएको तथा गाउँका अन्य किशोरी तथा युवतीहरुलाई पनि महिनाबारी हुँदा सफा, स्वच्छ रहनका लागि प्याडको प्रयोग गर्न आग्रह समेत गर्छिन कक्षा १० मा अध्ययनरत ममता कुमारी यादव ।
अहिले उक्त विद्यालयका अधिकांश किशोरीहरुले महिनाबारी हुँदा अहिले आफुहरुले खुल्लेर प्याडको प्रयोग गर्दै आएको विद्यालयका प्रधानाध्यापक दिनेश प्रसाद यादवको भनाई रहेको छ । उहाँका अनुसार शुरुमा संस्थाले दुई सय प्याकेट प्याड सहयोग गरी किशोरीहरुलाई प्रयोग गर्ने बानी बसाल्नमा सहयोग गरेको छ तर हाल आएर विद्यालयले नै प्याड खरिद गरी किशोरीहरुलाई वितरण गर्दै आएको जानकारी दिनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
- 2082/06/15 छिन्नमस्ता मन्दिर परिसरमा सेनाद्वारा निर्मित शिव मन्दिरको उद्घाटन
- 2082/06/14 सप्तरीका धार्मिकस्थलमा भक्तजनको भीड
- 2082/06/17 सुख्खा तथा खडेरी प्रभावित किसानहरुलाई राहत उपलब्ध
- 2082/06/12 एकल महिलाको सहारा बन्दै जुही
- 2082/06/12 याडियाको स्कुटर सप्तरीको बजारमा
- 2082/06/10 आन्दोलनका क्रममा दलका पार्टी कार्यालय, नेता र जनप्रतिनिधिको निवासमा गरि एक करोडको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ