News Category 2070/04/13
अर्धभूमिगत भएको छैन् ः जेपी गुप्ता
राजविराज÷तराई मधेश राष्ट्रिय अभियानका संयोजक जयप्रकाश प्रसाद गुप्ताले आफू अर्धभूमिगत नभएको जानकारी दिनु भएको छ । गुप्ताद्वारा प्रेषित विज्ञप्तिमा प्रहरीले आफूलाई निगरानी गरेको कुनै महसुस नभएको समेत उल्लेख गर्नुभएको छ ।
विज्ञप्तिमा आफू जहिले पनि शान्तिपूर्ण बाटोमै रहिरहने उल्लेख गर्दै सशस्त्र बाटोमा नलाग्ने स्पष्ट पारिएको छ । यसअघि मधेसी मोर्चामा आबद्ध पाँच दलले मधेसका मागविपरीत सत्ताका लागि सरकारसँग सम्झौता गरेको, मधेसी जनतामाथि अपराध गरेको, मधेसका मुद्दालाई बेवास्ता गरेको, नागरिकताको समस्या, जनसंख्याको आधारमा क्षेत्र निर्धारणजस्ता मागलाई बेवास्ता गरेकोले पछिल्लोपटक जारी गरेको वक्तव्यमा मधेसका पाँच नेता विरुद्ध उत्रन मधेसी जनतालाई आह्वान गरेको उल्लेख गरिएको छ ।
विज्ञप्तिमा भनिएको छ, “मधेसका नेताले मधेसलाई ठगेका छन्, जनता मधेसी मोर्चाका नेताहरूविरुद्ध आक्रोशित भएका छन् । त्यही कुरा मैले वक्तव्यमार्फत अभिव्यक्त गरेको हुँ । मधेसका मुद्दा सम्बोधन नभएसम्म चुनावमा भाग लिने छैन । तराई मधेस राष्ट्रिय अभियानलाई निर्वाचन आयोगमा दर्ता गराएको छैन ।”
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/23 हुलाकमार्फत राहदानी बुझिलिने सम्बन्धमा प्रशासन कार्यालय र हुलाकबीच समझदारी
- 2083/01/23 मविव क्याम्पसमा पहिलो पटक आइसीटि तालिम सुरु
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ