News Category 2070/04/13
अर्धभूमिगत भएको छैन् ः जेपी गुप्ता
राजविराज÷तराई मधेश राष्ट्रिय अभियानका संयोजक जयप्रकाश प्रसाद गुप्ताले आफू अर्धभूमिगत नभएको जानकारी दिनु भएको छ । गुप्ताद्वारा प्रेषित विज्ञप्तिमा प्रहरीले आफूलाई निगरानी गरेको कुनै महसुस नभएको समेत उल्लेख गर्नुभएको छ ।
विज्ञप्तिमा आफू जहिले पनि शान्तिपूर्ण बाटोमै रहिरहने उल्लेख गर्दै सशस्त्र बाटोमा नलाग्ने स्पष्ट पारिएको छ । यसअघि मधेसी मोर्चामा आबद्ध पाँच दलले मधेसका मागविपरीत सत्ताका लागि सरकारसँग सम्झौता गरेको, मधेसी जनतामाथि अपराध गरेको, मधेसका मुद्दालाई बेवास्ता गरेको, नागरिकताको समस्या, जनसंख्याको आधारमा क्षेत्र निर्धारणजस्ता मागलाई बेवास्ता गरेकोले पछिल्लोपटक जारी गरेको वक्तव्यमा मधेसका पाँच नेता विरुद्ध उत्रन मधेसी जनतालाई आह्वान गरेको उल्लेख गरिएको छ ।
विज्ञप्तिमा भनिएको छ, “मधेसका नेताले मधेसलाई ठगेका छन्, जनता मधेसी मोर्चाका नेताहरूविरुद्ध आक्रोशित भएका छन् । त्यही कुरा मैले वक्तव्यमार्फत अभिव्यक्त गरेको हुँ । मधेसका मुद्दा सम्बोधन नभएसम्म चुनावमा भाग लिने छैन । तराई मधेस राष्ट्रिय अभियानलाई निर्वाचन आयोगमा दर्ता गराएको छैन ।”
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ