News Category 2072/02/20
एक महिनादेखि एडीएसएल इन्टरनेट सेवा अनियमित
दैनिक संवाददाता
राजविराज, १९ जेठ ।
नेपाल टेलिकमद्वारा संचालित एडीएसएल इन्टरनेट सेवा विगत एक महिनादेखि अनियमित हुँदा उपभोक्त मार्कामा परेका छन् ।
सप्तरी सदरमुकाम राजविराजसहित जिल्लाको अन्य विभिन्न भागका उपभोक्ताले प्रयोग गरीरहेको उक्त सेवाबाट आजित भईसकेका छन् । त्यसमा पनि मिडियाहाउसहरु भने धेरै नै प्रभावित भएका छन् । नेपाल टेलिकम कार्यालयकै छेउमा रहेको राजविराज दैनिक, पुर्व प्रभात दैनिक, कल्याण पोष्ट दैनिक र नटखट दैनिक, राजविराज टुेड दैनिक लगायतका मिडिया हाउस तथा अन्य उपभोक्ताहरु भने निकै प्रभावित हुन पुगेका छन् ।
कुनैबेला नेटवर्क आउने र पुनः तुरुन्तै जाने र आएपनि कामै नहुने गरी चल्ने हुनाले सेवाग्रही प्रभावित बनेका छन् ।
यता, समयमा पैसा नतिर्दा तुरुन्त लाईन काटिने एडीएसएलमा घरी घरीमा नेटवर्क जाने जस्ता समस्या महिनौ दिनदेखि रहेपनि टेलिकम मौन बसेको उपभोक्ताहरुले आरोप लगाएका छन् ।
टेलिकमको यस्तो रवैयाले जिल्लाभरीका एडीएसएल प्रयोगकर्ताहरु मारमा परेका छन् । यस्तो समस्या लिएर टेलिकम कार्यालयमा गएर कर्मचारीहरुलाई भन्दा मैले के गर्ने भनेर गैर जिम्मेबारी पूर्ण जवाफ सुन्नुपर्ने बाध्यता रहेको र हाकिमलाई खोज्दा अफिसमा नभेटेको तथा कार्यालयका कर्मचारीहरुलाई फोन गर्दा माथिबाटै डिस्टर्व छ भनि जवाफ आउने गरेको आरोप पत्रकार शुभ नारायण यादवले लगाउँनुभयो ।
यसैबिच सो सम्बन्धमा नेपाल टेलिकमका पूर्वाञ्चल निर्देशक तुलसी कार्कीसँग सो बारेमा जिज्ञासा राख्दा उहाँले सो बारेमा अहिलेसम्म कसैले पनि नभनेको तपाई पत्रकारहरुबाटै उक्त बारेमा जानकारी प्राप्त भएको बताउँनुहुँदै आफु सहितको टोली त्यहाँ पुगेर अनुगमन गरी समस्या समाधान गर्ने प्रतिवद्धता जनाउँनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
- 2083/01/29 अग्निपीडितलाई उद्योग बाणिज्य र पालिकाको सहयोग
- 2083/01/27 खरानीमा गहना खोज्दै अग्निपीडित
- 2083/01/27 पाँच दिने आईसीटी तालिम सम्पन्न
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ