News Category 2072/02/22
शैक्षिक सत्र शुरु भएको डेढ महिना बितिसक्दा पनि सप्तरीमा पाठ्यपुस्तकको अभाव
दैनिक संवाददाता
राजविराज, २१ जेठ ।
शैक्षिक सत्र शुरु भएको झण्डै डेढ महिना बितिसक्दा पनि अझै सप्तरीका अधिकांश विद्यालयका विद्यार्थीहरुले पाठ्यपुस्तक पाउन सकेका छैनन् ।
जनक शिक्षा सामग्री केन्द्रले पाठ्य पुस्तक छापिने जिम्मा लिएपनि आवश्यकता अनुसारको पाठ्यपुस्तक समयमा नपठाउदा प्रत्येक वर्ष झै यस वर्ष पनि सप्तरीका विद्यार्थीहरुले अझै पाठ्यपुस्तक पाउन सकेका छैनन् ।
जनक शिक्षा सामग्री केन्द्रले डिपो मार्फत यस वर्षदेखि पाठयपुस्तक विक्रि वितरण गर्ने गरेका कारण पनि सप्तरीका हजारौ विद्यार्थीहरुले अझै पाठयपुस्तक पाउन सकेका छैन ।
गत बैशाख १२ गते आएको महाभूकम्पपछि काठमाडौंडिपो बन्द भएर हालसम्म पनि नखुलेका कारण जिल्लाका अधिकांश विद्यालयका विद्यार्थीहरुले अझै पाठयपुस्तक पाउन सकेका छैन । भूकम्प गएको एक महिना भन्दा बढी बितिसक्दा पनि बिना पाठ्यपुस्तककै पढनुपर्ने अवस्था आएको जनता मावि कोचाबखारी कुपहीको कक्षा ९ मा अध्ययनरत फुलो कुमारी यादवको गुनासो छ ।
उनीजस्तै जिल्लाका अधिकांश विद्यार्थीहरुको यस्तै गुनासो छ । शैक्षिक सत्र शुरु भएको डेढ महिना भन्दा बढी भइसक्दा पनि सप्तरीमा कक्षा ८, ९ र १० का विद्यार्थीहरुले पाठ्यपुस्तक नपाएका कारण पठन पाठनमा समेत निकै समस्या उत्पन्न भईरहेको छन ।
त्यस्तै जिल्लाका अधिकांश सामुदायिक विद्यालयका विद्यार्थीहरुले अनिवार्य विषय बाहेक अन्य ऐच्छिक विषयका पाठ्यपुस्तकहरु नपाएको विद्यार्थीहरुको गुनासो छ ।
अनिवार्य विषयको पाठ्यपुस्तक पाईएपनि ऐच्छिक विषयहरु गणित, स्वास्थ्य, मैथिली सहितका विषयहरु अझै विद्यार्थीहरुले पाउन सकेका छैनन् । जनता मावि ईटहरी बिष्णुपुर हाटीमा कक्षा ९ मा अध्ययनरत श्रवण कुमार रामका अनुसार शैक्षिक सत्र शुरु भएको झण्डै डेढ महिना बितिसक्दा पनि आफुहरु अहिलेसम्म ऐच्छिक गणित र स्वास्थ्य विषयका पाठयपुस्तक नपाएको गुनासो गर्नुभयो । राम जस्तै त्यहाँका अधिकांश विद्यार्थीहरुको यस्तै समस्या रहेको छ ।
विगत वर्षमा पनि ऐच्छिक विषयहरु चैत मसान्तसम्ममा पनि नपाएर बिना पाठयपुस्तककै वर्षभरी अध्ययन गर्नुपरेको सोही विद्यालयका पिंकी कुमार मण्डलले गुनासो गरेकी छिन ।
यसैबिच सो सम्बन्धमा जिल्ला शिक्षा कार्यालय सप्तरीका शाखा अधिकृत भोगेन्द्र प्रसाद यादवले महाभुकम्पले गर्दा समयमा केन्द्रले पाठयपुस्तकको अभाव श्रृजना भएको स्विकार्दै छिट्ै पाठ्यपुस्तक पठाउने आश्वासन केन्द्रबाट पाएको जानकारी दिनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
- 2082/10/14 नेपालकै पुरानो चन्द्रनहरको ३२ स्थानमा पुनर्निमाण कार्य सकाएर जापानद्वारा नेपाललाई हस्तान्तरण
- 2082/10/14 एकै रात प्रहरीका घरदेखि साईकल मरम्मतका पसल सम्म चोरी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ