News Category 2070/04/13
स्व. सिंहको योगदान उल्लेखीय ः वक्ताहरु
राजविराज÷सप्तरीको शैक्षिक र समाजिक विकासमा राजविराज निवासी स्वर्गीय डा. नागेश्वर प्रसाद सिंहको योगदान उल्लेखीय रहेको राजविराजमा शनिवार आयोजित एक कार्यक्रमका बक्ताहरुले बताएका छन् ।
स्वर्गीय सिंहको स्मृति दिवसमा राजविराजस्थित जेसीज भवनमा आयोजित कार्यक्रमका बक्ताहरुले स्वर्गीय सिंहको मार्गलाई आत्मसात गरी अघि बढ्न सके सप्तरीको विकासले गति लिने विश्वास समेत ब्यक्त गरेका छन् ।
कार्यक्रममा स्वर्गीय सिंहका सहकर्मी जशकरण शारडाले स्व. सिंह विकास प्रेमी, शान्ति प्रेमीका साथै शिक्षा प्रेमी समेत रहनु भएको चर्चा गर्नुभयो । उहाँले स्व. सिंहको योगदानलाई सबैले स्मरण गर्नु जरुरी रहेको बताउँदै सिंहको बाटोलाई आत्मसात गरी अघि बढ्न सकेमा उहाँप्रति सच्चा श्रद्धाञ्जली हुने बताउनुभयो ।
कार्यक्रममा अवकाश प्राप्त प्राध्यापक यशोदानन्द मिश्रले स्व. सिंह समाजसेवी, शान्तिकामी मात्र नभई राजनीतिज्ञ समेत रहनु भएको उल्लेख गर्दै उहाँको योगदानलाई सम्मान गर्न नसकेको प्रति दुख ब्यक्त गर्नुभयो ।
स्व. सिंहका सहकर्मी जशकरण शारडाको अध्यक्षतामा आयोजित कार्यक्रममा अवकाश प्राप्त प्राध्यापक त्रिपुरारी शरणले स्व. सिंह बिकास प्रेमीका साथै रेडक्रस सोसाईटी, लाईन्स क्लब लगायतका समाजिक संस्थाहरुमा क्रियाशिल रहनु भएको स्मरण गर्नुभयो ।
कार्यक्रममा राजविराजस्थित मविव क्याम्पसका प्रमुख डा. चिरञ्जीवि लाल देव, पुर्व क्याम्पस प्रमुख डा. सुनिल कुमार झा, डा. मुरली प्रसाद सिंह लगायतले स्व. सिंहको योगदान बारे चर्चा गर्नुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
- 2082/06/15 छिन्नमस्ता मन्दिर परिसरमा सेनाद्वारा निर्मित शिव मन्दिरको उद्घाटन
- 2082/06/14 सप्तरीका धार्मिकस्थलमा भक्तजनको भीड
- 2082/06/17 सुख्खा तथा खडेरी प्रभावित किसानहरुलाई राहत उपलब्ध
- 2082/06/12 एकल महिलाको सहारा बन्दै जुही
- 2082/06/12 याडियाको स्कुटर सप्तरीको बजारमा
- 2082/06/10 आन्दोलनका क्रममा दलका पार्टी कार्यालय, नेता र जनप्रतिनिधिको निवासमा गरि एक करोडको क्षति
- 2082/06/10 संसद भवन बचाउने क्रममा गोली चलाएर गरिएको ठूलो नरसंहार उचित होइन ः महामन्त्री शर्मा
- 2082/06/08 जेनजी आन्दोलनका क्रममा सप्तरीका पालिका र सरकारी कार्यालयमा ७५ करोड भन्दा बढीको क्षती
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ