News Category 2070/04/13
स्व. सिंहको योगदान उल्लेखीय ः वक्ताहरु
राजविराज÷सप्तरीको शैक्षिक र समाजिक विकासमा राजविराज निवासी स्वर्गीय डा. नागेश्वर प्रसाद सिंहको योगदान उल्लेखीय रहेको राजविराजमा शनिवार आयोजित एक कार्यक्रमका बक्ताहरुले बताएका छन् ।
स्वर्गीय सिंहको स्मृति दिवसमा राजविराजस्थित जेसीज भवनमा आयोजित कार्यक्रमका बक्ताहरुले स्वर्गीय सिंहको मार्गलाई आत्मसात गरी अघि बढ्न सके सप्तरीको विकासले गति लिने विश्वास समेत ब्यक्त गरेका छन् ।
कार्यक्रममा स्वर्गीय सिंहका सहकर्मी जशकरण शारडाले स्व. सिंह विकास प्रेमी, शान्ति प्रेमीका साथै शिक्षा प्रेमी समेत रहनु भएको चर्चा गर्नुभयो । उहाँले स्व. सिंहको योगदानलाई सबैले स्मरण गर्नु जरुरी रहेको बताउँदै सिंहको बाटोलाई आत्मसात गरी अघि बढ्न सकेमा उहाँप्रति सच्चा श्रद्धाञ्जली हुने बताउनुभयो ।
कार्यक्रममा अवकाश प्राप्त प्राध्यापक यशोदानन्द मिश्रले स्व. सिंह समाजसेवी, शान्तिकामी मात्र नभई राजनीतिज्ञ समेत रहनु भएको उल्लेख गर्दै उहाँको योगदानलाई सम्मान गर्न नसकेको प्रति दुख ब्यक्त गर्नुभयो ।
स्व. सिंहका सहकर्मी जशकरण शारडाको अध्यक्षतामा आयोजित कार्यक्रममा अवकाश प्राप्त प्राध्यापक त्रिपुरारी शरणले स्व. सिंह बिकास प्रेमीका साथै रेडक्रस सोसाईटी, लाईन्स क्लब लगायतका समाजिक संस्थाहरुमा क्रियाशिल रहनु भएको स्मरण गर्नुभयो ।
कार्यक्रममा राजविराजस्थित मविव क्याम्पसका प्रमुख डा. चिरञ्जीवि लाल देव, पुर्व क्याम्पस प्रमुख डा. सुनिल कुमार झा, डा. मुरली प्रसाद सिंह लगायतले स्व. सिंहको योगदान बारे चर्चा गर्नुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/23 हुलाकमार्फत राहदानी बुझिलिने सम्बन्धमा प्रशासन कार्यालय र हुलाकबीच समझदारी
- 2083/01/23 मविव क्याम्पसमा पहिलो पटक आइसीटि तालिम सुरु
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ