News Category 2072/02/26
दिघवा गाविस पनि खुल्ला दिसा मुक्त क्षेत्र हुने
दैनिक संवाददाता
राजविराज, २५ जेठ ।
१६ औ राष्ट्रिय सरसफाई सप्ताहको अवसरमा सोमबार सप्तरीको दिघवा गाविसमा साँस्कृतिक कार्यक्रमको माध्यमबाट जनचेतना फैलाएको छ ।
“सप्तरीबासी पनि कम छैनन् सन २०१६ भित्र जिल्लालाई खुल्ला दिशा मुक्त नगरी छाडदैन्” भन्ने मुल नाराका साथ विपतीको बेला पनि सफा राखौं धर्ती उद्देश्यका साथ खानेपानी तथा सरसफाई स्वच्छा समन्वय समिति सप्तरीको आयोजनामा दिघवा गाविसमा आयोजित साँस्कृतिक कार्यक्रममा सहभागिहरु सन २०१६ भित्रै खुल्ला दिशा मुक्त क्षेत्र घोषणा गर्ने सामुहिक रुपमा प्रतिवद्धता जनाएका छन् ।
दिघवा गाविसका प्राविधिक सहायक वकिल मियाँको अध्यक्षता तथा पुर्व प्रअ राम प्रसाद सुनरैत यादवको प्रमुख आतिथ्यमा आयोजित सो कार्यक्रममा खानेपानी तथा सरसफाई डिभिजन कार्यालयका प्रमुख ईन्जिनियर लोकेन्द्र यादव, जिल्ला विकास समितिका कार्यक्रम अधिकृत नवराज खडका, पुर्व प्रअ जगदिश सुनरैत यादव, युएन ह्याभिट्याटका कार्यक्रम संयोजक हरी बुढाथोकी, नेपाल पत्रकार महासंघका अध्यक्ष प्रकाश खतिवडा, खानेपानी कार्यालयका जमाहर लाल यादव, गुल्टेन यादव, सप्तरी सामुदायिक विकास केन्द्र नेपालका अध्यक्ष शम्भुनन्द चौधरी, जिल्ला प्राविधिक कार्यालयका ई.तारणी प्रसाद चौधरी, स्वास्थ्य चौकीका इन्चार्ज दामोदर यादव, समाज सुधार तथा वातावरण विकास नेपालका अध्यक्ष अर्जुन कुमार यादव सहितका बक्ताहरुले दिघवा गाविसलाई अविलम्ब खुल्ला दिशा मुक्त क्षेत्र घोषणा गर्न स्थानीयबासीहरुसँग अनुरोध गर्नुभयो ।
सोही अवसरमा आयोजित साँस्कृतिक कार्यक्रममा कैलाश झा, जिबछ दास, अंजु यादव, केशव चौधरी सहितका कलाकारहरुले खुल्ला दिशा मुक्त सम्बन्धि विभिन्न जनचेतना मुलक गित संगित तथा हास्य व्यङ्ग प्रस्तुत गर्नुभएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
- 2083/01/29 अग्निपीडितलाई उद्योग बाणिज्य र पालिकाको सहयोग
- 2083/01/27 खरानीमा गहना खोज्दै अग्निपीडित
- 2083/01/27 पाँच दिने आईसीटी तालिम सम्पन्न
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ